जंगली हात्तीको आक्रमणबाट कार्कीको मृत्यु

2022-01-31 मा प्रकाशित

मेचीनगर, १७ माघ । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका १३ का ७१ बर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको छ ।आज विहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते कार्कीलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउनका गएका ६३ बर्षीय गणेशबहादुर अधिकारीलाई समेत जंगली हात्तीले मारेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु