सशस्त्र प्रहरीद्वारा विस्फोटक पदार्थ बरामद

2022-02-01 मा प्रकाशित

झापा । झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालले प्रेसर कुकर बम राखेर आतङ्क मच्चाई राखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट मंगलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा नेपाल–भारतको सीमा पिलर ९०र१ र ९०र२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रवक्ता तथा डिएसपी प्रेम भण्डारीले जानकारी दिए।

बरामद गरिएको विस्फोटक पदार्थमा इलेक्ट्रोनिक्स डेटोनेटर ९० थान र नेपो लाइट ९१ थान छ।नेपो लाइट हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको पनि उनले बताए।विस्फोटक पदार्थ भेटिएपछि अहिले घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी प्रदीपजंग कार्की लगायतको टोली पुगेको छ।

विस्फोटक कसले, के प्रयोजनका लागि ल्याउन खोजेको हो त्यस विषयमा नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए।फेला परेको विस्फोटक पदार्थ घरेलु प्रयोजनदेखि विस्फोटक पदार्थ बनाउनमा प्रयोग हुने श्री नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए।

केही दिनअघि मात्र भूमिगत समूह परिषद्ले दमक नगरपालिका–५ हरि ओम कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा बारुदजस्तो देखिने धुलो ९इआडी० जस्तो देखिने शङ्कास्पद वस्तु र बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा कुकर बम राखेर आतङ्क मच्चाएको थियो।बम राखेर आतङ्क मच्चाउने समूहको प्रहरीले तीव्र गति खोजी गरिरहेको जनाइएको छ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु