मेचीनगरका प्रमुख प्रशासक खेमराज ओझाको सरुवा, दाहाल आउने

2022-02-02 मा प्रकाशित

मेचीनगर, १९ माघ । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको सरुवा भएको छ ।

आफ्नो कार्यकाल पूरा गरी ओझा नियमित सरुवा भएका हुन् । उनी अब प्रदेश नं। १ सरकारको मुख्यमन्त्री कार्यालय जाने बुझिएको छ ।उनको स्थानमा स्वास्थ्य मनत्रालयका सुरेश दाहाल आउने भएका छन् ।

झापा शिवसताक्षी निवासी ओझा प्रशासनिक काममा पोख्त र अनुभवी मानिन्छन् । उनी झापा जिल्ला विकास समितिको एलडीओ समेत भइसकेका छन् ।ओझाले आफ्नो कार्यकालमा मेचीनगरमा होल्डिङ सेन्टर, कृषि मण्डी, कोभिड हस्पिटल, हरेक वडामा दुई किलोमिटर कालोपत्रे सडक, पत्रकार भवन, नाकाको हेल्प डेस्क लगायतका विकास निर्माण कार्यको व्यवस्थापनका राम्रा कार्यहरुको समन्वय गरेका छन् ।

आन्तरिक कर्मचारी व्यवस्थापनको कार्यमा भने ओझाको पछिल्लो कार्यकाल समस्याग्रस्त रह्यो ।लेखा प्रशासनसँगको समन्वय मिलाउन भने ओझाले सकेनन् ।तर उनको सरुवा कुनै विवाद र समस्याका कारण भएको होइन । कार्यकाल पूरा गरिसकेका ओझा स्वाभाविक रुपमा सरुवा भएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु