समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई

2022-02-08 मा प्रकाशित

झापा, २५ माघ । नेकपा समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनको आज झापा जिल्ला कमिटी गठन भएको छ ।

बिर्तामोड स्थित पार्टी कार्यालय भवनमा आयोजित एक कार्यक्रमका वीच समाजवादी प्रेस संगठनको झापा कमिटी गठन भएको हो ।

पत्रकार अनिलदेव राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा दिलिप थापा र सचिवमा रिता दाहाल चयन भएकी छन् ।

कमिटीको सहसचिवमा गोविन्द लुवागुन, विमर्श उप्रेती र किशोर उपरकोटी तथा कोषाध्यक्ष कमल बुढाथोकी चयन भएका छन् ।त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई छन् ।

कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, बिर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा लगायतको उपस्थिति थियो ।केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्वमा भेला सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु