जनप्रिय सहकारी संस्थाका व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक

2022-02-09 मा प्रकाशित

मेचीनगर । मेचीनगर –१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सचिव एवम् व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक परेको छ ।
उनका ९५ वर्षीय बुबा बखत बहादुर मगरको मंगलबार राति १.३० बजे मेचीनगर ८ स्थित घरैमा निधन भएको हो । १९८३ असार १५ गते ईलामको जितपुर गाविस वडानम्बर –१ मा जम्मनु भएका बखत बहादुर २०१४ सालमा हस्तमाया मगरसँग बैबाहिक सम्बन्धमा बाँधिएका थिए ।

जीवन जिउने क्रममा २०१४ सालमा झापाको साविक नकलबन्दा गाविस वडानम्बर –५ हाल मेचीनगर –८ मा स्थायी बसोवास गर्दै आएका उनले २०२६ सालमा जीवन साथी गुमाएपछि कृष्णमाया सँग दोस्रो विवाह गरेका थिए । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेर कृषि पेशामै सक्रिय जीवन बिताएका बखत बहादुको श्रीमती कृष्णमाया, ६ भाइ छोरा सुन्दर बहादुर, लोक बहादुर, हेमकुमार, रोहित कुमार, टंक बहादुर , तिलक बहादुर मगर र २ छोरीहरु अम्बिका कुमारी र हरिमाया मगर रहेका छन् । भने १२ नाति, ४ नातिनी, ३ पनाति र २ पनातिनी रहेका छन् ।

उनका जेठा छोरा सुन्दर बहादु नेपाल बैंक लिमिटेडका पूर्व साहायक म्यानेजर समेत हुन् । उनले २९ वर्ष नेपाल बैंक लिमिटेडमा रहेर विभिन्न क्षेत्रमा काम गरेका थिए । २०६६ सालदेखि भने जनप्रिय सहकारीलाई कर्मथलो बनाएर सहकारी अभियान्ताको रुपमा काम गरिरहेका छन् । योसँगै उनी विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल छन् । अरु ५ भाई छोराहरु बिभिन्न व्यवसायमा सक्रिय छन् ।
बखत बहादुरको मंगलबारनै स्थानीय टिमाई र निन्दा नदीको दोभानमा दाहासंकार गरिएको परिवारले जानाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु