सामुदायिक पोष्ट हार्भेष्टले गर्याे सार्वजनिक सुनुवाई

2022-02-10 मा प्रकाशित

मेचीनगर । मेचीनगर–५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पोष्ट हार्भेष्ले हालै निर्माण सम्पन्न गरेको गोदामको सार्वजनिक सुनुवाई गरेको हो ।


बिउविजन क्षेत्रमा कामगर्दै आएको सामुदायिक पोष्ट हार्भेष्टले बिउविजन तथा खाध्य सुरक्षाको लागि २९ लाख ८३ हजार ८८८ रुपैयाँको लागतमा ३७ फिट चौडाई र ७० फिट लम्बाईको गोदाम निर्माण सम्पन्न गरेको छ । सो भवन निर्माणको लागि कृषि ज्ञानकेन्द्र झापाले १४ लाख अनुदान दिएको थियो । बाँकी रकम पोष्ट हार्भेष्टले लगानी गरेको सेवाकेन्द्रका संयोजक दुर्गा प्रसाद सापकोटाले बाताए ।
धान,मकै, गहुँ, राजमाको बिउ उत्पादन गरेर प्रदेश –१ र २ मै ठूलो बजार विस्तार गर्न सफल सामुदायिक पोष्ट हार्भेष्टले पछिल्लो समय गुणस्तरीय चामल उत्पादन गरेर उपभोक्तालाई सेवा दिइरहेको उनले बाताए ।
सामुदायिक पोष्ट हार्भेष्टका संयोजक दुर्गा प्रसाद सापकोटाको सभापतित्व तथा कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिंहले खाध्य र विउविजन क्षेत्रमा पोष्ट हार्भेष्टले स्वागत योग्य काम गरिरहेको बताए । उनले आगामी दिनमा समेत ज्ञान केन्द्रले सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरे ।


कार्यक्रमका विशेष अतिथि एवम् मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले कृषकले गुणस्तरीय विउविजन नपाएर समस्या झेलीरहेको समयमा पोष्ट हार्भेष्टले गुणस्तरीय विउ विजन उत्पादन गरेर प्रदेश १ र २ मा सबैको भरोषाको केन्द्र बन्दै गएको बताए ।

कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्ष योगेन्द्र थापा, मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान लगायतले बोलेका थिए ।
सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रका सहसंयोजक सूर्य अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपक काफ्लेले गरेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु