एमसीसीबारे निर्णायक छलफल गर्न, आज सत्ता गठबन्धनको बैठक बस्ने

2022-02-17 मा प्रकाशित

काठमाडौं,५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी बुधबार संसदमा टेवल हुँन नसकेपछि निर्णयक छलफलको लागि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक दिउँसो तीन बजे बस्ने भएको हो ।

शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु