एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

2022-02-18 मा प्रकाशित

काठमाडौं,६ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे बोलाइएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् ।

हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । दलहरु आ(आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्ने सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सम्वाद अघि बढाएका छन् । अनलाइन खवरबाट

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु