मेचीनगरका कर्मचारी बढुवा रोक्न सर्वाेच्चको अन्तरिम आदेश

2022-02-18 मा प्रकाशित

मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिकाले गत पुस २६ गते गरेको कर्मचारी बढुवालाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतलका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यहि फागुन ४ गते कर्मचारी बढुवा बिरुद्ध अन्तरिम आदेश जारी गरेको हो।
कर्मचारीमा विभेद हुने गरी ऐन बनेपछि मेचीनगरका आर्थिक प्रशासन प्रमुख पदमबहादुर कार्कीले गत माघ ६ गते सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशका लागि रिट निवेदन दर्ता गरेका थिए ।


अदालतको आदेशले मुखियादेखि अधिकृतसम्म स्वत बढुवा भएका ४० जना कर्मचारीको बढुवा तत्काल रोकिएको छ । नगरपालिकाले गत पुस २६ गते ४० जना स्थानीय कर्मचारी स्वत् बढुवा भएको सूचना प्रकाशित गरेको थियो ।

आर्थिक प्रशासन प्रमुख कार्कीले नगरसभाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८५ र ८६ विपरित स्थानीय कर्मचारीको मात्र बढुवा गर्ने गरी कानुन बनाएकाले भन्दै रिट दायर गरेका थिए ।

नगरपालिकामा स्थानीय कर्मचारीसहित करीव ४ सय जना कर्मचारी कार्यरत छन् । जसमा नेपाल सरकारबाट समायोजना भएर आएका शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कार्यरत ६० जना भन्दा बढी र ९६ जना निजामतीका स्थायी कर्मचारी छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु