झापाबाट तेक्वान्दोका खेलाडीहरु छानिए , १२ स्वर्ण पदकसहित अर्जुनधारा बन्यो प्रथम

2022-02-19 मा प्रकाशित

मेचीनगर, ७ फागुन । १४औं दक्षिण एशियाली सार्क तेक्वान्दो खेल प्रतियोगिताको लागि खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । झापामा आज खेलाडी छनोट प्रक्रिया सम्पन्न भएको हो ।
शनिबार भद्रपुर रंगशालामा आयोजित प्रतियोगितामा १२ वटा स्वर्ण पदकसहित अर्जुनधारा नगरपालिका प्रथम बन्यो । प्रतियोगितामा ४, ४ वटा स्वर्ण पदकसहित मेचीनगर र भदूपुर नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी ३ वटा स्वर्ण पदकसहित बुद्धशान्ति गाउँपालिका तेस्रो बनेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा प्रथम भएको टिमले यहि फागुन २० र २१ गते इटहरीमा आयोजना हुने प्रदेश स्तरीय खेलमा भाग लिनेछ ।इटहरीको खेलमा प्रथम हुने खेलाडीहरुलाई काठमाडौंमा आयोजना हुने राष्ट्रिय खेलमा सहभागी हुने तेक्वान्दा संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाले बताए ।

राष्ट्रिय प्रतियोगितामा बिजयी खेलाडीहरुले तीन वर्षपछि पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली सार्क गेममा भाग लिन पाउने उनको बताए ।

अध्यक्ष सुब्बाको सभापतित्व तथा मन्षा थाइफुटस् प्रालिका सञ्चालक बुद्धिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा विशेष अतिथि तेक्वान्दोका जन्मदाता दिपराज गुरुङ, केन्द्रीय सदस्य विजयकुमार न्यौपाने, जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख किसान मोते, दुवागढी तेक्वान्दोे डोजोका अध्यक्ष गुणरत्न थापा लगायतको आतिथ्ता रहेको थियो ।प्रतियोगिततामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई अध्यक्ष सुब्बा, प्रमुख अतिथि गरुङ लगायतका अतिथिहरुले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा प्रदिपकुमार श्रेष्ठ, कर्ण दाहाल, दीपेन्द्र मेचे र हरि भुजेल जुरिमा थिए । रेफ्रिमा दिपेन दनुवार, लक्ष्मी राजवंशी, दिपेन धिमाल, चन्द्र गौतम र योगेन्द्र रिजाल थिए । कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु