पत्रकार माया पकुवालको निधन

2022-02-21 मा प्रकाशित

भद्रपुर, ९ फागुन । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान ५४ वर्षको उमेरमा निधन भएको छ ।

केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।

एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित पनि डाइलासिस भइरहेको थियो ।

ओमसाई हस्पिटलको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान ३ बजेर ३५ मिनेटमा पकुवालको निधन भएको उनका पति सञ्जय प्रधानले जानकारी दिए ।

उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।

पत्रकार पकुवालका दुई छोरी रिचा र इचा छन् । एक छोरी घरमै रहेकी छन् भने अर्की छोरी अध्ययनका लागि विदेशमा रहेकी छन् ।

विहान ७ बजेतिर पकुवालको पार्थिक शरीरलाई हस्पिटलबाट निजी निवास लगिएको छ । आजै विहान ११ बजे मेची नदीमा पत्रकार पकुवालको दाहसंस्कार गरिने भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु