बालकृष्ण थापा एमालेको तर्फबाट वडानम्बर ६ को वडाध्यक्षको उम्मेद्वार

2022-04-16 मा प्रकाशित

मेचीनगर । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुको घोषणा गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर ६ को वडा अध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् , भने सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहेका छन्,। त्यस्तै महिलातर्फ खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्बसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगरकमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर ६ का वडा कमिटि अध्यक्ष प्रितम काफ्लेले बताए ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा मेचिनगर उप(प्रमुख मिना पोख्रेल ९उप्रेती ०को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रदेश सांसदद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थिति रहेको थियोे ।

त्यस्तै अतिथिहरुमा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ला सदस्य रमा भण्डारी, देवकुमार राई, टीका मग्रान्ती, बन्धन मुण्डा, मेचीनगर अध्यक्ष राजु पोखरेललगायतको आतिथ्यता रहेको थियोे ।

मेचीनगर (६ स्थित भानुटोलको प्रचार कार्यालय उद्घाटनका अवसरमा ३१ सदस्यीय अनेमसंघको समेत घोषणा गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु