मेचीनगर६ मा सत्ता गठबन्धनका साझा उम्मेदवार घरदैलोमा

2022-05-02 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर( ६ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार ललित बहादुर तामाङ, वडा सदस्यका उम्मेदवारहरु जितबहादुर बस्नेत, वडा सदस्य ओम प्रकाश खापुङ, महिला वडा सदस्यका उम्मेदवार शशि राई र दलित महिला सदस्यका उम्मेदवार अञ्जली बिकले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

सोमबार नक्लवन्धबाट सुरु भएको घरदैलो अभियान भट्टराई चौकमा पुगेर सम्पन्न भएको निर्वाचन परिचालन समिति मेचीनगर वडा( ६ का संयोजक पशुराम सुबेदीले जानकारी दिए । उक्त चुनावी घरदैलो अभियानमा जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, माओवादीका मेचीगनरका सहइन्चाज विकास थापा मगर, काँग्रेसका युवा नेता नेत्र कार्की र सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु