मेचीनगर ५ मा एमालेको घर दैलो अभियान

2022-05-05 मा प्रकाशित

मेचीनगर । नेकपा एमाले  मेचीनगर ५ ले घर दैलो अभियानलाई तीब्र पार्दै लगेको छ । निर्वाचनको मिति नजिकिदै जाँदा उम्मद्वारहरु थप उत्साहित भएर मतदातालाई भेट्ने अभियानलाई निरन्तरता दिइरहेका छन् । एक सातादेखि सुरु भएको अभियान आजसम्म निरन्तर चलिरहेको वडाध्यक्षका प्रत्यासी कनक बहादुर कार्कीले बताए । हामी अभियानमा निरन्तर लागिरहेका छौँ , वडाध्यक्षका प्रत्यासी कार्कीले भने सबैको सदभाव र आश्वासन पाइरहेको छौँ आज नगर प्रमुख र उपप्रमुख सहितको टोलीले घरदैलो गर्यो हामी सफलताको नजिक छौँ ।
सामाजिक तथा शैक्षिक क्षेत्रमा लामो समय अनुभव बटुलेका कार्की वडाअध्यक्षको प्रत्यासी छन् भने वडा सदस्यहरुमा पुष्प कुमार गेलाल, मनबहादुर लिम्बू, माया प्याकुरेल र देवीमाया विक चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु