नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेद्वार मीना उप्रेती

2022-05-10 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बनेकी छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा शानदार विजयी भई उपमेयरको पाँचवर्षे कार्यकाल पूरा गरेकी उप्रेतीलाई पार्टीले पुनः एकपटक उपमेयरको टिकट प्रदान गरेको छ ।

०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्याधिक मतले हराउँदै उपमेयर जितेकी र ५ वर्षको अनुभवले समेत आगामी दिनमा नगरको विकासमा योगदान पुर्याउने कुरामा उनी विश्वस्त छिन् ।

०२५ सालमा मोरङको अमरदहमा जन्मेकी मीना सानै उमेरदेखि राजनीतिमा निरन्तर सक्रिय थिइन् । पञ्चायती व्यवस्थाको कठोर राजनीतिक प्रतिबन्धका समयमा पनि उनीसँग अनेरास्ववियूका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

उप्रेती ०४४ सालमा कन्या क्याम्पस विराटनगरको प्रारम्भिक कमिटी अध्यक्ष थिइन् भने ०४५ सालमा अनेरास्ववियु मोरङ जिल्ला कमिटीको उपाध्यक्ष र सोही वर्ष प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर नगर कमिटी सचिव बनेकी थिइन् । २०४६(०४७ सालको जनआन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

०५० सालमा झापा काँकरभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेतीसँग उनको विवाह भएको थियोे । मेचीनगर प्रवेशसँगै उनको राजनीतिक यात्रा झनै तिखारिदै गयो । विवाह गरेकै साल उनी काँकरभिट्टा नेकपा एमालेको सदस्य भई निरन्तर रुपमा अखिल नेपाल महिला संघकी नगर अध्यक्ष भएकी थिइन् । राजनीतिक जीवनका क्रममा उनी पटक(पटक प्रहरीको गिरफ्तारीमा समेत परेकी थिइन् ।

उप्रेती राजनीतिमा मात्र होइन विभिन्न सामाजिक संघ(संस्थाहरुमा समेत उत्तिकै सक्रिय थिइन् । उनीसँग विगतमा काँकरभिट्टा सामुदायिक भवन, मेची सामुदायिक भवन, देवकोटा चिल्ड्रेन पार्क, भानु साहित्य प्रतिष्ठान, विराट क्षेत्र पर्यटन प्रवर्धन विकास समिति आदि सामाजिक संस्थामा आबद्ध भई काम गरेको अनुभव छ ।

सहकारीको क्षेत्रमा पनि उप्रेतीको विशेष योगदान र संलग्नता रहेको छ । मुलुककै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी० को उनी संस्थापक सञ्चालक सदस्य छिन् । झापामा उनलाई एउटा बौद्धिक महिला व्यक्तित्वका रुपमा समेत चिनिन्छ । चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापनको अनुभव समेत समेटेकी छन् । अत्यन्तै जुझारु, कर्मठ तथा संघर्षशील उप्रेतीलाई मेचीनगर नगरपालिकाको उपमेयर पदका लागि पार्टीले उम्मेद्वार बनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु