मेचीनगर उपप्रमुख उप्रेती प्रदेशको निर्देशन समिति सदस्यमा मनोनित

2022-06-21 मा प्रकाशित

मेचीनगर, ७ असार । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ नम्बर प्रदेश अन्तर्गत प्रदेश सहयोग कार्यक्रम निर्देशन समिति सदस्यमा मनोनित भएकी छन् ।

नेपाल नगरपालिका संघले उपप्रमुख उप्रेतीसहित सुनसरीको दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारलाई मनोनित गरी निर्देशक समितिको सदस्यमा सिफारिस गरेको थियो ।

दुईजना आमन्त्रित सदस्यसहित समितिमा १६ जना सदस्य छन् । समितिको प्रमुखमा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई छन् ।
यसैगरी सदस्यहरुमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, आर्थिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री राजन राई सदस्य छन् ।

त्यस्तै समितिको सदस्यहरुमा १ नम्बर प्रदेश योजना आयोगको उपाध्यक्ष डा।पूर्णकुमार लक्सम, १ नम्बर प्रदेशका मुख्य सचिव रामप्रसाद घिमिरे, मोरङ बुढीगंगा गाउँपालिका प्रमुख जीतनारायण थापा, तेह्रथुम छथर गाउँपालिका उपप्रमुख तारा खरेल ढकाल, स्वीस विकास कर्पोरेशनका कार्यक्रम व्यवस्थापन विज्ञ अमान जोन्छे छन् ।

समितिको सदस्य सचिवमा प्रदेश सहयोग कार्यक्रमका कार्यक्रम निर्देशक कृष्णप्रसाद सापकोटा र आमन्त्रित सदस्यहरुमा प्रदेश सहयोग कार्यक्रम टिम लिडर विनोदप्रसाद उपाध्याय र प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रमका टिम लिडर प्रण्य शर्मा रहेका छन् ।

नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरे अनुसार संविधानमा तीन वटै सरकारको बीचमा आपसी सहकार्य, समन्वय र सहअस्तित्वका मर्म अनुसार संविधान प्रदत्त अधिकारहरुको प्रयोग हुने व्यवस्था प्रदेश सहयोग कार्यक्रममा रहेको सदस्य तथा मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु