जसपाले गर्याे झापा १ बाट २२ जनाको नाम सिफारिस

2022-09-08 मा प्रकाशित

काँकरभिट्टा । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं।१ झापाले प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

विहीबार काँकरभिट्टास्थित बंकर होटलमा पार्टीको आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो । जम्मा २२ जना उम्मेद्वार मध्ये प्रतिनिधि सभाका लागि १ जना, समानुपातिकमा ५ जना, प्रदेश सभा ‘क’ को प्रत्यक्षमा १ जना, प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा २ जना, ‘क’ को समानुपातिकमा १० जना र ‘ख’ को समानुपातिकमा ३ जना उम्मेद्वार नाम जिल्लाका लागि सिफारिस गरिएको जनाएको छ ।

क्षेत्रीय कार्य समितिले झापा क्षेत्र नं। १ बाट प्रतिनिधि सभाका लागि विमलदेव काफ्ले, समानुपातिकमा राधा थापा, अग्नीमाया मेचे, सुन्दरी श्रेष्ठ, गोकुल हुमागार्इं, शंकर मेचेको नाम उम्मेद्वारका लागि सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेश सभा ‘क’ को प्रत्यक्षमा ओमप्रकाश खापुङ, समानुपातिकमा सुकमाया लिम्बु, शर्मिला आङ्देम्वे, मीरा कार्की, चन्द्रकुमारी कार्की, धनप्रसाद गुरुङ, उमेश थापा, विष्णुलाल मेचे, बुद्धिमान शंखर, बासुदेव सिञ्जाली मगर र हरिनारायण चौधरीको नाम सिफारिस भएको छ । यसैगरी, प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा केवलराम राई र रामसुफल कामती, समानुपातिकमा सुष्मा थाम्सुहाङ, पुष्पा बोखिम र तारा तामाङ लिम्बुको नाम उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

उम्मेद्वार सार्वजनिक कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य तथा सांसद राधा थापा, प्रदेश समिति सदस्य, तारा तामाङ लिम्बु लगायतले आगामी निर्वाचनमा प्रदेश नं।१ लाई किरात–लिम्बु प्रदेश नामकरण, पहिचानसहितको संघीयता मुख्य एजेण्डा रहेको बताएका छन् । सोही अवसरमा केन्द्रीय सदस्य धनप्रसाद गुरुङले अरु पार्टीका घोषणा पत्र घोषणका लागि मात्र भएको तर जसपाको फरकसँगै कार्यान्यवन गर्ने वचन दिए ।

यस्तै प्रदेश सदस्य केवलराम राईले गठबन्धनको सम्भावना कायमै रहेको बताए । यद्यपि, जसपाको एजेण्डा र सम्मानजनक हैसियत कायम नगरे एकल चुनावी मैदानमा होमिने बताए । क्षेत्रीय सचिव विमलदेव काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर अध्यक्ष ओमप्रकाश खापुङले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु