राजन चिमरियाले दिए स्वतन्त्रबाट उम्मेद्वारी

2022-10-10 मा प्रकाशित

मेचीनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ बाट राजन चिमरियाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्षसमेत रहेका राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’ मा चिमरियाले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार बनेका हुन् ।

आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेता चिमरियाले स्वतन्त्रको तर्फबाट प्रदेशसभा सदस्य ‘ख’मा उम्मेद्वारी दर्ता गराएका हुन् ।

चिमरियाको प्रस्तावकमा प्रेमराज अधिकारी र समर्थकमा सुदर्शन खतिवडा रहेका थिए । उनले शनिबार सो पार्टीमा बसेर काम गर्न नसक्ने भनी राजीनामा दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु