युवा उम्मेद्वारप्रति आशा जाग्यो-मतदाता

2022-11-06 मा प्रकाशित

मेचीनगर, २० कार्तिक  । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दुःखी छिन् ।
आइतबार झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ शान्ति गाउँमा मत माग्न पुग्दा भित्री सडक स्तर उन्नति गरिदिन स्थानीय माग राखेका छन् । ‘युवा जोस जाँगर बोकेर आउनु भएका गोपाल दाईले चाँहि केही गर्नुहुन्छ भन्ने आशा जगाएको छ,’ स्थानीय रविन कार्कीले भने ।
स्थानीयले उक्त शान्ति गाउँको सडक कालोपत्रे गरिदिन माग गरेका छन् । खानेपानी, विद्युत सुविधा पुगेको शान्तिगाउँको विकासमा स्थानीय सरकारका जनप्रतिनिधि गुणराज भट्टराईको पहलकदमीबाट सम्भव भएको स्थानीय बताउँछन् । उनै भट्टराई आबद्ध नेपाली काँग्रेस पार्टीका नेता तामाङ यसपाली प्रदेश उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् ।
लोकप्रिय युवाको छवि बनाएका तामाङलाई यसपाली भोट दिएर जिताउने मेचीनगर-१५ का धेरै स्थानीय एकमत देखिन्छन् । किनकी परिवर्तन गर्न सक्ने उनको व्यवहारले देखाइरहेको छ ।
यसैबीच, झापा क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, ‘ख’ का उम्मेद्वार श्यावीर लिम्बूले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । संघका उम्मेद््वार शर्माले वडा नं ९, बुद्धशान्ति गाउँपालिका वडा नं. ५ का मतदातासँग भेटघाट गरेका छन् ।
………………………

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु