
2022-11-23 मा प्रकाशित
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ तर्फ नेपाली काँग्रेसका गोपाल तमाङले अग्रतालाई निरन्तरता दिएका छन् ।
विहानसम्मको गणनामा तमाङले १२ हजार २७४ मत प्राप्त गर्दा नेकपा एमालेका रबिन कोइरालाले १० हजार ६७७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका मंगोल नेशनल अर्गनाईजेशनका सागर राईले १ हजार ६ सय मत प्राप्त गरेका छन् ।
हालसम्म २७ हजार ७५ मत गणना हुँदा २१ हजार १६४ मत गणना हुुन बाँकी छ ।
प्रतिकृया दिनुहोस्