मेचीनगर सहकारी समन्वय संयोजकमा भट्टराई

2023-01-05 मा प्रकाशित

मेचीनगर, २१ पुस । धुलाबारीमा बुधबार सम्पन्न एक भेलाले मेचीनगर सहकारी समन्वय समिति गठन गरेको छ ।

क्रियाशील सहकारीका प्रतिनिधि सहभागी भेलाबाट विपी भट्टराईको संयोजकत्वमा सहकारीको नगर समिति निर्माण गरिएको हो । जिल्लाबाट उनलाई यसअघि नै नगरको संयोजक तोकिएको थियो ।

समितिको सह(संयोजकमा हिम्मत क्षेत्री, सचिवमा राजु दाहाल, सहसचिवमा होमराज गुरुङ छन् । समितिको सदस्यमा कुवेर पौडेल, नगेन्द्र काफ्ले, शिव पोखरेल, राधा प्रधान, जानुका ओली, रुपा पौडेल र जगन भट्टराई छन् ।

मेचीनगरमा ५७ वटा सहकारी सञ्चालित छन् । ती सबै सहकारी जिल्ला सहकारी संघमा दर्ता छन् । सहकारी क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समन्वय समितिले भूमिका खेल्ने बताइएको छ । भेला जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु