मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत राजकपुरले मुजुलकामा हाजिर गरे

2023-01-09 मा प्रकाशित

मेचीनगर,२५ । काज विदा मिलाएर पुस १२ गते मन्त्रालय गएका मेचीनगरका प्रशासकीय अधिकृत राज कपुर चौलागाईँ सोमबार मेचीनगर आए पनि हाजिर गर्न भने पाएनन् । उनलाई जनप्रतिनिधिले हाजिर गर्न रोक लगाएका छन् ।
केही साता अघि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत चम्लागाईंबीच विवाद उत्पन्न भएपछि कार्यपालिकाले उनको अख्तियारीमा अंकुश लगाउँदै एक साताअघि काज फिर्ता गर्ने निर्णय गरेको थियो ।
करीब ११ बजे नगरपालिका पुगेर कार्यकक्षमा प्रवेश गरेका चम्लागाईँलाई हाजिर गर्न नदिएपछि राजकपुरले मुजुलकामा हाजिर गरेका छन् ।
यसअघि कार्यापालिकालाई असहयोग गरेको भन्दै पुस १८ गतेको कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईबाट नगरको बजेट खर्च गर्ने अधिकार स्थगन गर्ने निणर्य गरेको थियो ।
मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईंको अख्तियारी स्थगन गर्ने र काज फिर्ता गर्ने निर्णय गरे सँगै नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । उपसचिव तहका कर्मचारी भण्डारीलाई आर्थिक अख्तियारीसहितको अधिकार प्रत्यायोजका लागि नगरप्रमुख बुढाथोकी काठमाडौं गएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत चौलागाँईँ हाजिर गर्न खोज्दा उनलाई जनप्रतिनिधिहरुले हाजिर गर्न नदिएपछि उपप्रमुखको कार्यकक्षमा केहीबेर छलफल भएको थियो । छलफलको क्रममा प्रशासकीय अधिकृत औलागाईँले आफ्नो सरुवा नभएको र हाजिर गर्न दिन अनुरोध गरेका थिए । उपप्रमुख उप्रेतीले नगर प्रमुख आएपछि सर्वदलीय बैठक बस्ने भन्दै फिर्ता जान आग्रह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु