पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न प्रेस क्लबको माग

2023-01-21 मा प्रकाशित

मेचीनगर, । समाचार लेखेकै कारण मेचीनगरका दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई तत्काल कानूनी कारबाहीका लागि प्रेस क्लब मेचीनगरले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । शसस्त्र प्रहरीका सुरक्षाकर्मीले सेवामा खटिएकै बेला अमर्यादित कार्य गरेको समाचार प्रकासन तथा प्रसारण गरेका कारण बाहुँनडाँगीका युवाहरुले पत्रकार खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिएका छन भने पत्रकार मुक्ति पौडेललाई समेत कारबाही गर्नु पर्ने भन्दै ति युवाहरुले बक्तव्य बाजी गरेका छन ।
पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति प्रेस क्लब मेचीनगरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जानुपर्नेमा सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम भएको क्वले जनाएको छ ।
क्लवका अध्यक्ष डम्बर बराल र सचिव देबु बानियाँले विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु