मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई निर्वाचित

2023-03-21 मा प्रकाशित

मेचीनगर, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्ति पौडेल निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनमा अध्यक्षकी पदकी प्रतिष्पर्धी बिना तामाङलाई १०२ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । जनसंसद् दैनिकका सम्पादक समेत रहेका पौडेल सामाजिक सेवाको क्षेत्रमा समेत उत्तिकै क्रियाशील छन् । अध्यक्षमा निर्वाचित पौडेलले २२१ मत तथा उपबिजयी तामाङले ११९ मत ल्याएको निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले जानकारी दिए ।

यसैगरी, सचिव पदमा अर्जुन राई २१० मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिष्पर्धी घनश्याम लामिछानेले १३२ मत प्राप्त गरे । केन्द्रको निर्वाचनमा ५१० मतदाता थिए । जसमध्ये ३४३ मत खसेको थियो भने ३ मत बदर भएको थियो । महासचिव लगायतका अन्य पदमा पहिल्यै सर्वसम्मत निर्वाचन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु