कट्टेलको ‘जीवनका मोडहरु’ लोकार्पण

2023-03-21 मा प्रकाशित

राम कट्टेलद्वारा लिखित कविता संग्रह (जीवनका मोडहररु) आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले धुलाबारीको अतिथि सदनमा पुस्तकको विमोचन गरेका थिए ।

डिल्लिराम कट्टेल स्मृति प्रतिष्ठानले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद शर्माले जीवनका मोडहरूको प्रकासनले राम कट्टेलको परिचय थप फराकिलो बनाएको बताए ।

प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका लेखक कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, चन्द्र भण्डारी, पुण्यप्रसाद खरेल, शिवकुमार पौडेल र केशवराज पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।

देवेन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पुस्तकका बारेमा सहात्यिकार बनोद खनालले चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु