नेपाल चिया विकास निगमले कर नतिरेपछि ६ पालिका प्रमुखको बैठक

2023-03-29 मा प्रकाशित

मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ ।

नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएको कारण कर असुलिका लागि झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाँउपालिका, बा¥हदशी गाँउपालिका र इलामका सुर्योदय नगरपालिका, इलाम नगरपालिका तथा माई नगरपालिकाका प्रमुखहरुको बैठक सम्पन्न भएको हो ।

नेपाल सरकारले भाडामा व्यवसाय गर्न भनि दिइएको जग्गाको सम्पत्ती कर, मालपोत र व्यवसाय कर नेपाल चिया विकास निगमले पटक–पटक पत्रचार र ताकेता गर्दा पनि नतिरेपछि ६ वटा पालिकाका प्रमूखहरु संघाइ ग्रुप र नेपाल चिया विकास निगमलाई करको दायरामा ल्याउन ठोस कदम चाल्न एकिकृत भएर अगाडी बढ्न आजको बैठक आयोजना गरिएको हो ।

बा¥हदशी चिया बगान, टोकला चिया बगान, बर्ने चिया बगान, कन्याम चिया बगान, शोक्तीम चिया बगान, चिलिङ्गकोट चिया बगान र इलाम चिया बगान ५० वर्षको लागि नेपाल सरकारले भाडामा दिइएको थियो । ७ वटा चियाबगानहरुबाट विभिन्न ६ वटा पालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्रको कर असुल्न विभिन्न निर्णयहरु गरेको छ ।

आज भएको संयुक्त बैठकमा जग्गाको विवरण, पालिकाहरुले गरेको पत्राचारको विवरण,सम्पत्ति करको फारमको विवरण, सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयमा गरेको पत्राचार तथा नेपाल चिया विकास निगमलाई गरेको पत्राचारको विबरण तयार गर्ने निर्णय गरेको छ । त्यस्तै हालसम्म कर नतिर्ने निगमलाई पुनः कर तिर्न पत्राचार गर्ने र त्यसको जनाकारी संघिय मामिला तथा कानुन मन्त्रालय मार्फत नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

त्यस्तै तत्कालिन श्री ५ को सरकार र निगम विच भएको सम्झौतामा उल्लेख गरेको रकम देखि हाल सम्म तिर्नुपर्ने रकमको विवरण बनाउने र श्रमिक ऐन अन्तरगत श्रमिकहरुलाई पारिश्रकि र अन्य सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको मेचीनगरपालिकाका मेयर गोपाल बुढाथोकिले जानकारी दिनुभयो ।

पालिकाहरुको संयुक्त बैठकले ठोस निर्णयमा पुग्न गर्नुपर्ने अन्य प्रक्रियाहरुको लागि पनि तयार भएर लाग्ने साथै स्थानिय पालिकाहरुले नै उक्त चिया बगानहरु सञ्चालन गर्नुपर्ने अवस्थाआए आँफूहरु तयार रहेको समेत जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु