घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित

2023-05-23 मा प्रकाशित

झापा, । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित भएका छन् ।

महासंघको यहि बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी वैठकले खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित गरेको हो ।

वैठकले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८ (ग) बमोजिम केन्द्रीय सदस्य खड्कालाई सो समितिको सभापतिमा मनोनित गरेको छ ।

सभापति खड्काले समितिको सदस्यमा विज्ञ र अनुभवी मित्रहरुलाई मनोनित गरी समिति विस्तार गरिने बताएका छन् ।

खड्का महासंघको दश पटक केन्द्रीय सदस्य र मेची उद्योग बाणिज्य संघ धुलाबारीका पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु