प्रधान र अपेक्षा कृषि फर्मले गरे सार्वजनिक सुनुवाइ

2023-06-10 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा रहेका प्रधान कृषि फर्म र अपेक्षा कृषि फर्मले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शनिबार कार्यक्रमको आयोजना गर्दै दुवै फर्मले सार्वजनिक सुनुवाइ गरेको हो । फर्मले नेपाल लाइभस्टक सेक्टन इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई, विराटनगरको ५० प्रतिशत अनुदान मार्फत गरिएको कार्यको सार्वजनिक सुनुवाइ मार्फत जानकारी गराइएको प्रधान कृषि फर्म सञ्चालक विकास प्रधानले जानकारी दिए । उनले आफ्नो फर्ममा १० वटा उन्नत जातको गाई रहेकोमा अनुदान मार्फत प्राप्त रकमले थप उन्नत जातको २५ वटा गाई थप गरिएको बताए । साथै अहिले फर्ममा ३५ वटा उन्नत जातको गाई रहेको र त्यसबाट ३५० लिटर भन्दा बढी दूध उत्पादन हुँदै आइरहेको उनले बताए ।

त्यस्तै मेचीनगर १ मा रहेको अपेक्षा कृषि फर्मले पनि प्राप्त अनुदान मार्फत प्राप्त बजेटबाट १८ वटा उन्नत जातको गाई खरिद गरेर ल्याइएको सञ्चालक झलक बहादुर राउतले सार्वजनिक सुनुवाइमा जानकारी दिए । उनले आफ्नो फर्ममा १२ वटा गाई रहेकोमा अहिले अनुदानबाट खरिद गरिएकोसहित ३० वटा उन्नत जातको गाई रहेको जानकारी दिए । उनले अहिले दैनिक २५० लिटर भन्दा बढी दूध उत्पादन भइरहेको बताए । दुवै फर्मको आज सम्पन्न सार्वजनिक सुनुवाइको उद्घाटन प्रमुख अतिथि मेचीनगर ४ का वडासदस्य नुर बहादुर कार्कीले गरेका थिए । कार्यक्रममा किसान, फर्म सञ्चालक, विभिन्न संघसंस्थाको प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु