‘सामाजिक सुरक्षा भत्ता वितरण नियमसंगत छ’

2023-06-13 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नियमसंगत रूपमा गरेको भएपनि नगरपालिकाबाट जारी फर्वाड फिड वमोजिमको रिभर्स फिड सम्बन्धित बैंकहरुले अपलोड नगरेका कारण भत्ता वितरणमा महालेखाले बेरूजु देखाएको नगरपालिकाले जनाएको ।
मेचीनगरबाट भुक्तानी हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा दोहोरो विवरण दर्ता भएको भन्दै त्यसको यथार्थ विवरण उपलब्ध गराउन मेचीनगर नगरपालिकालाई निर्देशन दिएको छ ।
मेचीनगरबाट वितरण भएको सामाजिक सुरक्षा भत्ता वितरणमा २ करोड १८ लाख शंकास्पद देखिए पछि सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नाम नामेसी सहित महालेखा परीक्षकको कार्यालयले आ.व. २०७८÷७९ को लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमा निजहरुले दोहोरो भत्ता प्राप्त गरेको हो या होइन छानविन गरि यकिन गर्न सुझाएको थियो ।
त्यस पश्चात् मेचीनगरले वास्तविकता बुझ्दा एक आर्थिक वर्षमा ३÷३ महिनामा गरि जम्मा चार पटक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गर्दछ । तर, महालेखाले एक त्रैमासिक बरावरको भत्ता रकम १२ हजार मा शंका उत्पन्न हुँदा चारै त्रैमासिकको रकम अर्थात ४८ हजार नै शंकास्पद रहेको भनि उल्लेख गर्नाले समग्र रकमको आँकडा ठुलो देखिन गएको नगरपालिका स्रोतले जनाएको छ ।

महालेखाले उक्त प्रतिवेदन सार्वजनिक गरे पश्चात नगरपालिकाको सम्बन्धित शाखाले विवरणमा उल्लेखित हरेक शंकास्पद रहेका लाभग्राहिको वडा मार्फत र भत्ता वितरण गर्ने सम्बन्धित बैंकसँग विवरण माग गरि छानविन गर्दा कुनैपनि लाभग्राहीले दोहोरो भुक्तानी नलगेको र पाउनुपर्ने वास्तविक व्यक्तिले मात्र भत्ता प्राप्त गरेको रहेछ ।

महालेखाले शंकास्पद भनि उल्लेख गरेका ति हरेक व्यक्तिका भत्ता प्राप्ति विवरण, बैंकले स्वयमले लिखित पत्रमार्फत नै दोहोरो होइन भनि नगरपालिकालाई पठाएको प्रमाणित पत्र र त्यस्ता हरेक लाभग्राहीले लगेका भत्ताको बैंक स्टेटमेन्ट समेत नगरपालिकामा सुरक्षित रहेछ नगरपालिका स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु