Author: मेची आवाज डेक्स
झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
झापा, मंसिर ४ । झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजे सुरु भएको मतदान तोकिएको समय ५ बजे भन्दा केही समय पछि सम्पन्न भएको हो । अहिले मतपेटिका संकलनको कार्य भइरहेको झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । १ लाख २० हजार ३७५ मतदाता रहको झापा १ मा ८७ […]
पूरा पढ्नुहोस्
झापा १ : मतगणना भोलि बिहानदेखि सुरु हुने
झापा । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । भोली बिहान सर्वदिलय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा […]
पूरा पढ्नुहोस्
झापा–१ का प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्माले गरे मतदान
झापा । नेपाली काँग्रेसका महामन्त्री एवम् झापा–१ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले केहिबेर अघि मतदान गरेका छन् । शर्माले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्र मेचीनगर ९ स्थित कविशिरोमणी माविबाट मतदान गरेका हुन् । उनले ९ः२० बजे मतदान गरेका थिए ।
पूरा पढ्नुहोस्
प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु
झापा। आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा […]
पूरा पढ्नुहोस्
झापामा सुरक्षा सतर्कता उच्च
झापा । मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार निर्वाचनलाई भयरहीत र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाइएको हो । कारागारका कैदीबन्दी र कर्मचारीका लागि चन्द्रगढीमा दुई वटा अस्थायी मतदान केन्द्रसहित जिल्लाका २ सय ८५ वटा मतदानस्थलमा रहेका […]
पूरा पढ्नुहोस्
‘मौन अवधि र मतदानमा मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्छ’
बिर्तामोड, निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रवार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि तथा मतदानका दिन मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्नेमा सबैको जोड छ । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनलाई विश्वसनीय र […]
पूरा पढ्नुहोस्
झापा १ः मत सर्भेक्षणको परिणाम, विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत मात्रै
झापा । २०७० र २०७४ को निर्वाचनमा झापा १ मा पराजय ब्यहोरेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यसपटक ठूलो मतान्तरले विजयी बन्ने एक सर्भेक्षणले देखाएको छ । दक्षिण एशियाली राष्ट्रहरुमा अधिकांश चुनावअघि सर्भेक्षण गरेर परिणाम मिलाउँदै आएको र एक्जिट पोलमार्फत पनि तथ्यपूर्ण अनुमान लगाउँदै आएको चर्चित संस्था ‘फ्याक्ट चेक फर पब्लिक’ ले झापा १ मा एक […]
पूरा पढ्नुहोस्
प्रचण्डले बोकेर हिडेको हँसिया र हथौडा नक्कली :ओली
मेचीनगर, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले बोकेर हिडेको हँसिया र हथौडा नक्कली भएको बताएका छन् । विहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली काँग्रेसको खोक्रो रुख र माओवादी केन्द्रको काठको हँसिया हतौडाले काम नगर्ने बताए । अध्यक्ष ओलीले […]
पूरा पढ्नुहोस्
गठबन्धन उम्मेदवार जिताउन धुलाबारीमा शक्ति प्रदर्शन
धुलाबारी, १ मंसिर । चुनावी प्रचारको अन्तिम दिन आज (विहीबार) लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं. ९, १० र १५ केन्द्रित कोणसभामा हजारौँ गठबन्धनका समर्थकहरु सहभागी भएका हुन् । हजारौँ समर्थक सहभागीले संघका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ, (ख) का […]
पूरा पढ्नुहोस्
झापा १ निर्वाचन– गठबन्धन दलको भोलि धुलाबारीमा बृहत आमसभा
मेचीनगर । गठबन्धन दलले भोलि (विहीबार) मंसिर १ गते मेचीनगरको धुलाबारीमा चुनावी आमसभा गर्ने भएको छ । घरदैलो अभियान पछि कोण सभालाई तीब्रता दिँदै आएको गठबन्धन दलले बिहीबार अन्तिम चुनावी सभा गर्ने नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । धुलाबारी मोडमा दिउँसो ३ बजे आयोजना हुने चुनावी आमसभालाई झापा–१ का संघीय उम्मेदवार विश्वप्रकाश […]
पूरा पढ्नुहोस्