Author: मेची आवाज डेक्स

सुनको मूल्य एकैदिन ६हजार २सय घट्यो

झापा । सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । […]

पूरा पढ्नुहोस्

रुसले प्रयोगमा ल्यायो कोरोनाको पहिलो खोप

झापा  । रुसले कोभिड १९ को संक्रमण रोक्ने स्पुतनिक नाम दिइएको खोपलाई आम प्रयोगमा ल्याएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस संक्रममणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरिएको बताएका छन् । उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो । पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध […]

पूरा पढ्नुहोस्

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

डोटी,२८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं। को बस बुधवार बिहान करिब ५स्३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए […]

पूरा पढ्नुहोस्

नेपालीहरुमा आपसी प्रेम र मैत्रीभावना जागृत होस राष्ट्रपति भण्डारी

काठमाडौं,२७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन् । विविध धर्म, संस्कृति, […]

पूरा पढ्नुहोस्

पत्रकार श्रेष्ठको निधन, रामघाटमा आज अन्त्येष्टि गरियो

मेचीनगर, २६ साउन । अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको आज धुलावारीको रामघाटमा श्रद्धाञ्जलि सभासहित अन्त्येष्टि भएको छ । श्रेष्ठको ६४ वर्षको उमेरमा हिजो साँझ पौने ६ बजे निजी निवास धुलावारीमा निधन भएको थियो । उनी लामो समयदेखि दुबै मिर्गौला फेलियर भएर उपचार गराइरहेका थिए । राससमा २९ वर्ष निरन्तर सेवा गरेका श्रेष्ठका पाँच वटा […]

पूरा पढ्नुहोस्

एनएमसीको पाँचौँ व्यवसाय चिया उद्योग, आगामी सिजनबाट उद्योग सञ्चालनमा आउने

डम्बर बराल सुरेन्द्रनगर,२६ साउन । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुआयामिक व्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो । मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई […]

पूरा पढ्नुहोस्

कमल गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

कमल । कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा सम्पन्न गरेका काम तथा खर्चको समिक्षा गोष्ठि सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको सभापतित्वमा सम्पन्न गोष्ठिमा वडा अध्यक्षले आ आफ्नो वडामा भए गरेका कार्यक्रमको समिक्षा गरीएको थियो । त्यसैगरीविषयगत शाखा प्रमुखले आफ्नो शाखाको तर्फ बाट प्रस्तुत गरिएको प्रतिवेदन माथि समिक्षा गरिएको थियो ।कार्यक्रममा कृषि शाखाको […]

पूरा पढ्नुहोस्

नेपालमै बन्ने भयो रामको भब्य मन्दिर , अयोध्याधामको मास्टर प्लान बनाउन प्रधानमन्त्री ओलीले दिए निर्देशन

झापा, २५ साउन । नेपालको अयोध्याधाममा श्रीरामको भब्य मन्दिर बन्न्ो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अयोध्याधामको मास्टर प्लान बनाउन माडी ९चितवन०का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । आफुलाई भेट्न आएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले शनिबार साँझ लामो कुराकानी गरेका थिए ।झण्डै दुई घण्टा भएको भेटवार्ताका […]

पूरा पढ्नुहोस्

मेचीनगर ९ र १० वडाका सबै उद्योग पसल अनिश्चितकालिन बन्द

मेचीनगर,२३साउन । मेचीनगरमा पहिलोपटक समुदायमा कोरोना संक्रमण पुष्टी भए सँगै नगरपालिकाका दुई वटा वडाका सबै उद्योग तथा पसलहरु आज राति १२ बजेदेखि अनिश्चितकालिन बन्द गरिने भएको छ । नगर स्तरिय कोरोना नियन्त्रण तथा रोकथाम कार्यदलको आज बसेको बैठकले संक्रमण फैलिन नदिन संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंखास्पद ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरि […]

पूरा पढ्नुहोस्

झापाको मेचीनगरमा पहिलो पटक समुदायमा कोरोना संक्रमण

मेचीनगर,२३ साउन । झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर वडा नंं १० धुलाबारी बजारका १५ बर्षिय युवामा कोरोना संक्रमण पुष्टी भएको हो । मेचीनगर–१० को धुलाबारी स्थित टाउन हलमा साउन १८ गते समुदायको स्वाबको नमुना संकलन गरिएको थियो । त्यसबेला धुलाबारी क्षेत्रका ८४ जनाको स्वाबको नमुना संकलन गरिएको […]

पूरा पढ्नुहोस्