Author: मेची आवाज डेक्स

मेचीनगर– २ मा बैशाख २८ देखि दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा यही बैशाख २८ गतेदेखि ३० गतेसम्म दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । दिपज्योती हेल्पिङ हेण्को आयोजनामा हुन लागेको कार्यक्रममा ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भने मेचीनगर क्षेत्रमा रहेका १० वटा बिभिन्न विद्यालयहरुले समेत आफ्नो क्षमता प्रस्तुत गर्ने छन् । लागू […]

पूरा पढ्नुहोस्

नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा गुरुङ

मेचीनगर । मेचीनगर–५ स्थित नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ सर्वसम्मत चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभा हलमा सम्पन्न संस्थाको प्रथम साधारण सभाबाट दुई वर्षे कार्यकालकालागि अध्यक्षमा गुरुङ चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ र कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ, किशोर […]

पूरा पढ्नुहोस्

प्रसाई मार्केटमा वाणिज्य संघको उपसमिति गठन, संयोजकमा चन्द्रप्रसाद

झापा,१९ वैशाख । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केट भित्र चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ । व्यवसायी एकताका लागि प्रसाईको संयोजकत्वमा सल्लाहकार सहित २७ सदस्यीस प्रसाई मार्केट व्यवसायी उपसमिति गठन भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले सो उपसमिति गठन गरेको हो । उप समितिको […]

पूरा पढ्नुहोस्

रसायनिक मल, किटनाषक औषधिले माटो र मानिस रोगी भए : डा.रेग्मी

मेचीनगर । माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको बताएका छन् । मेचीनगर नगरपालिकाले काँकरभिट्टामा आयोजना गरेको माटो बचाउँ कार्यक्रममा अभियानका अध्यक्ष डा।रेग्मीेले यस्तो कुरा बताएका हुन् । माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनलट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको एकदिवसीय कार्यक्रममा प्रशिक्षक रेग्मीले […]

पूरा पढ्नुहोस्

सडक अवलोकन गर्दै मन्त्री दाहालले भने, ‘आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौं ’

मेचीनगर, । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् । विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । झापा–१ को निर्वाचन क्षेत्रको अधुरो रहेको राधास्वामीदेखि स्याङ्लेटार सम्मको बजेट अभाव भएपनि थोरै मात्रै […]

पूरा पढ्नुहोस्

यस्ताछन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए । […]

पूरा पढ्नुहोस्

सरकारसँग ९ बुँदे सहमति पछि शिक्षकहरुको आन्दोलन स्थगित

काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने । परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे । ऐन […]

पूरा पढ्नुहोस्

चारआलीमा ट्रकको ठक्करबाट एकको मृत्यु

बिर्तामोड । झापाको चारआलीमा आज बुधबार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाए अनुसार दुर्घटनामा परी झापाको अर्जुनधारा – १० का ६८ वर्षीय टङ्कप्रसाद  बरालको ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडबाट चारआली जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे ८ […]

पूरा पढ्नुहोस्

कनकाई नगरपालिकाले गर्यो झापाका एसपी केसी र डिएसपी बिष्टलाई ससम्मान बिदाई

कनकाई  । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सहित प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई एक विशेष कार्यक्रमका बीच कनकाई नगरपालिकाले फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरेको छ । कनकाई  नगरपालिकाको सभा हलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत सहित झापाका प्रहरी प्रमुख केसी र ईलाका प्रहरी […]

पूरा पढ्नुहोस्

मेचीनगरका शिक्षकले घेरे मेचीनगरपालिका, भने–“अब दलको झोला बोक्दैनौं”

झापा, १६ वैशाख । आन्दोलनरत मेचीनगरका शिक्षकले आज नगरपालिका परिसरमा विरोध सभा गरेका छन् । सरकारले आफ्ना जायज मागलाई २८ औं दिन सम्म्पनि सम्बोधन नगरेपछि आक्रोशित बनेका शिक्षकहरुले अव उप्रान्त राजनीतिक दलको आवद्धता परित्याग गर्ने उद्घोष समेत गरेका छन् । शिक्षा ऐन जारी गर्नु पर्ने लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन जारी राखिरहेका बेला […]

पूरा पढ्नुहोस्