Author: मेची आवाज डेक्स

नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष पत्रकार मुक्ति पौडेललाई पितृ शोक

मेचीनगर । नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष एवं मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष पत्रकार मुक्ति पौडेललाई पितृ शोक परेको छ । पौडेलका पुजनीय पिता चन्द्रबहादुर पौडेलको ८८ वर्षको उमेरमा हिजो बुधबार राती १०ः३० बजेको समयमा मेचीनगर १०, काकडभिट्टास्थित निजी निवासमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । वि.सं १९९५ मंसिर १९ गते तत्कालीन यासोक […]

पूरा पढ्नुहोस्

शिक्षासेवी तथा धार्मिक ब्याक्ति शिवप्रसाद बरालको निधन

कनकाई । कनकाई – ३ निवासी शिक्षासेवी तथा धार्मिक व्याक्ति शिवप्रसाद बरालको ८६ वर्षको उमेरमा मंगलबार असामयिक निधन भएको छ । विगत केही महिनादेखि स्वास्थयमा बिभिन्न समस्या भएपछि उहाँ थलिनु भएको थियो । उहाँको निजी निवासमा निधन भएको परिवारले जनाएको छ । ताप्लेजुङ स्थित खेजेनिममा बुवा रविचन्द्र र आमा लिलादेवीको जेठो सुपुत्रको रुपमा १९९६ सालमा […]

पूरा पढ्नुहोस्

मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सवको अवसरमा सम्मान

मेचीनगर । मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रममा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहकारी संस्थाले बिभिन्न व्याक्तित्वहरुलाई सम्मान गरेको थियो । सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सहकारीले मेचीनगर – १० निवासी सहकारी अभियान्ता दुर्गा खतिवडालाई सम्मान गरेको छ । उनलाई स्व. डिकबहादुर स्मृति […]

पूरा पढ्नुहोस्

मेचीनगरमा पाँचौँ अन्तर–विद्यालय कविता प्रतियोगिता सम्पन्न, सिनियर तर्फ आदर्श विद्या मन्दिर र जुनियर तर्फ दन्तकाली प्रथम

मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको आयोजनामा पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता सोमबार भव्य रूपमा सम्पन्न भएको छ । मेचीनगर–१३ चाराली (तेलीबारी) स्थित डन्बस्को इङ्गलिस बोर्डिङ स्कुल को प्राङ्गणमा आयोजित कार्यक्रममा मेचीनगरका १३ वटा विद्यालयहरुको सहभागिता थियो । प्रतियोगिता नेपाली माध्यम अन्तर्गत जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन गरिएको थियो । विद्यार्थीहरूको साहित्यिक […]

पूरा पढ्नुहोस्

मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए

मेचीनगर, १४ पुस । मेचीनगर नगरपालिकामा साउन यता पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सो कुरा जानकारी गराएको हो । २०८२ साउनदेखि मंसिर महिना सम्ममा ४६ जना नयाँ क्षयरोगका विरामी पत्ता लागेको छ । […]

पूरा पढ्नुहोस्

झापा १, विश्वप्रकाश र आवश्यक्ता

कविन्द्र श्रेष्ठ राजनीतिमा आलोचना हुनु अस्वाभाविक होइन । दोषारोपण, प्रश्न र असन्तुष्टि लोकतन्त्रका स्वाभाविक अङ्ग हुन् । तर आलोचनाभन्दा माथि उठेर सत्य, उपलब्धि र प्रभावको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने – झापा– १ ले महामन्त्री विश्वप्रकाश शर्माको कार्यकालमा पाएको विकास, बजेट र राजनीतिक सक्रियता आजसम्मकै सबैभन्दा ठोस, देखिने र परिणाममुखी रहेको तथ्यलाई इमानदारीपूर्वक नकार्न सकिँदैन […]

पूरा पढ्नुहोस्

अन्तत: रवि र –बालेन एकै ठाउँमा

काठमावडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । केहीबेरअघि उनीहरुविच ७ बुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न रास्वपाकै घण्टी हुनेछ । सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र […]

पूरा पढ्नुहोस्

होराइजन ‘डान्सिङ आइडल सिन्सा’ र ‘सिंगिङ आइडल प्रतिक विक’

धुलाबारी  १२ । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित ‘इष्ट होराइजन सिंगिङ एण्ड डान्सिङ आइडल–२०८२’ शनिबार सम्पन्न भएको छ । स्कूल परिसरमा आयोजित भव्य समारोहकाबीच सम्पन कार्यक्रममा यस वर्षको होराइजन डान्सिङ आइडल सिन्सा तुम्रुक र होराइजन सिंगिङ आइडल प्रतिक विक बनेका छन् । अडियन्स भोटिङबाट डान्सतर्फ छिन्नालता अधिकारी र सिंगिङतर्फ प्रतिक विक उत्कृष्ट बनेका छन् […]

पूरा पढ्नुहोस्

साविक दुवागढी स्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगिताको उपाधि वडानम्बर ६ र ७ जित्यो

मेचीनगर । मेचीनगर – १४ वडा कार्यालयको आयोजनामा सञ्चालित साविक दुवागढी स्तरीय  महिता तथा पुरुष कबड्डी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साविक दुवागढी स्तरीय प्रतियोगिताको पुरुष तर्फको खेलमा वडानम्बर ६ ले उपाधि रच्न सफल भएको छ भने महिला तर्फको खेलको उपाधि साविक वडानम्बर ७ ले हात पार्याे । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा साविक दुवागढीका […]

पूरा पढ्नुहोस्

वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर

मेचीनगर । मेचीनगर – २ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निः शुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशाको समस्या भएका विरामीहरु स्वास्थ उपचारको लागि आउनु भएको पिजियोथेरापी सेवाका सञ्चालक […]

पूरा पढ्नुहोस्