Author: मेची आवाज डेक्स

मेचीनगरमा माघ ३ गतेदेखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुँदै

मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न स्थापित स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा यही माघ ३ गतेदेखि ५ गते सम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ । आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभका संरक्षक एवम् प्याब्सन मेचीनगरका पूर्व […]

पूरा पढ्नुहोस्

तराई प्रेस क्लब दार्जिलिङले जित्यो मिडिया कपको उपाधि

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराइ प्रेस क्लब दार्जिलिङले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मिरिक दार्जिलिङले उपाधि जितेको हो । तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको भद्रपुरले नगद २५ […]

पूरा पढ्नुहोस्

चार वटा प्रेस क्लब सेमफिाइनलमा, आजै फाइनल

झापा, २८ पुस । प्रेस क्लब मेचीनगरद्वारा आयोजति इन्डो नेपाल मेचीनगर मडियिा फुटबल कप २०८२ को पहलिो दनि चार वटा प्रेस क्लवको टोली सेमी फाइनलमा पुगेका छन् । प्रतयिोगतिा आइतवार काँकरभट्टिा खेल मैदानमा सुरुभएको भएको हो । एक कार्यक्रमका बीच प्रमुख अतथि िप्रदेश सांसद गोपाल तामाङले ब्यानर बाचन गरेर प्रतयिोगतिाको उद्घाटन गर्नु भएको थयिो । […]

पूरा पढ्नुहोस्

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

काँकरभिट्टा, । मेची मासु उत्पादक सहकारी संस्थाको अध्यक्षमा खडानन्द भण्डारी सर्वसम्मत चयन भएका छन् । शनिबार काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभा हलमा सम्पन्न संस्थाको १८ औं बार्षिक साधारण सभाले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो । ४ वर्षे कार्यकालको सञ्चालक समितको उपाध्यक्षमा पुनस् राजकुमार पराजुली चयन भएका छन् । यस्तै सदस्यहरूमा डिल्ली कुमार काफ्ले, गणेश बहादुर […]

पूरा पढ्नुहोस्

एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

कनकाई , २७ पुस । झापाको कनकाई नगरपालिकाले एकता र सुशासनको आह्वान सहित ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नगरपालिकाको प्रवेशद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक परिसरमा झण्डोतोलनका साथ नगरप्रहरीद्वारा सलामी अर्पण गर्दै राष्ट्रिय एकता दिवस मनाइएको हो । नगर प्रवेशद्वारमा चार वर्षअघि स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक परिसरमा सम्पन्न […]

पूरा पढ्नुहोस्

दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर – ८ स्थित दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले पछिल्लो समय केही ब्याक्तिहरुको कारण देशभरका सहकारी बदनामा भइरहेको भन्दै […]

पूरा पढ्नुहोस्

इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को सम्पूर्ण तयारी पुरा

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप(२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा […]

पूरा पढ्नुहोस्

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान

मेचीनगर। मेचीनगर– १० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । यहाँ स्थित शान्ति समाजको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सापकोटाले पछिल्लो समय सहकारीलाई कमजोर बनाउन अराजक तत्वहरुसक्रिय भइरहेको बताए […]

पूरा पढ्नुहोस्

क्षेत्रीय सभापति बुढाथोकीको अपिल : विशेष महाधिवेशनमा सहभागि बनौं

मेचीनगर । नेपाली काँग्रेस झापा क्षेत्र नं.१ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले पुष २७ र २८ गते काठमाण्डौमा हुन लागिरहेको विशेष महाधिवेशनमा सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गर्नु भएको छ । बुढाथोकीले बिहीबार  एक विज्ञप्ती जारी गर्दै क्षेत्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित काँग्रेसका शुभेच्छुक र शुभचिन्तकहरुलाई समेत पनि विशेष महाधिवेशनमा सहभागि हुन अपिल गर्नु भएको […]

पूरा पढ्नुहोस्

बालकल्याण माविमा मेचीनगर स्तरीय अन्तरमावि फुटबल प्रतियोगिता सुरु

मेचीनगर  । मेचीनगर –५ स्थित बालकल्याण माविको खेल मैदानमा आइतबारबाट नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सुरु भएको छ । बालकल्याण माविको हामी स्वयमसेवी समूह (बाल क्लव) को आयोजनामा आयोजित फुटबल प्रतियोगितामा मेचीनगर क्षेत्रमा रहेका १६ वटा सामुदायिक तथा निजी विद्यालयहरुले सहभागिता जनाएका छन् । फुटबल प्रतियोगिताको उद्घाटन मेचीनगर– ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले […]

पूरा पढ्नुहोस्