Author: मेची आवाज डेक्स

भारतीय अवरोधका कारण नेपाली चिया निर्यात प्रभावित, समस्या समाधानका लागि सरकारसँग मेची उद्योग वाणिज्य संघको माग

धुलाबारी । भारतीय पक्षले नेपाली चिया निर्यातमा विभिन्न प्रक्रियागत अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । गुणस्तर परीक्षणको नाममा भारतले डेढ महिनादेखि नेपाली चिया निकासीमा अड्चन पु¥याएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन् । निर्यात अवरुद्ध हुँदा उत्पादित चियाले बजार नपाएको र ठूलो परिमाणमा चिया गोदाम तथा उद्योगमै थन्किएर […]

पूरा पढ्नुहोस्

जंगली हात्तीको आक्रमणमा मेचीनगरकी एक महिलाको मृत्यु

झापा, ३१ जेठ । जंगली हात्तीको आक्रमणबाट मेचीनगर–४ बाहुनडाँगीकी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ। आज बिहान करिब ५ बजे वडा कार्यालय नजिकै रहेको आफ्नै घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले उहाँमाथि आक्रमण गरेको थियो। हात्तीले कुल्चिएर गम्भीर घाइते बनाउँदा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि बाहुनडाँगी क्षेत्रका स्थानीयवासी आक्रोशित […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा मेचीनगरका भण्डारी

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा मेचीनगरका ओम भण्डारी निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ३४१ मत प्राप्त गरि भण्डारी झापा सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल […]

पूरा पढ्नुहोस्

नेपाल माझी महिला उत्थान संघ मेचीनगरको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बबिता

मेचीनगर । नेपाल माझी महिला उत्थान संघ मेचीनगर कार्य समितिको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। नेपाल माझी महिला उत्थान संघ झापाकी अध्यक्ष पदममाया माझीको सभापतित्व तथा नेपाल माझी उत्थान संघ केन्द्रीय लेखा समिति सदस्य सन्तलाल माझीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट बबिता माझी अध्यक्ष, कृष्णकुमारी माझी […]

पूरा पढ्नुहोस्

मेचीनगरका तिम्सिना रास्वपाको केन्द्रीय विभागमा मनोनीत

मेचीनगर । मेचीनगरका ऋषिराज तिम्सिनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सदस्य पदमा मनोनयन गरेको छ। पार्टीको केन्द्रीय कार्यालयले तिम्सिनालाई उक्त जिम्मेवारी प्रदान गरेको हो। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोट द्वारा हस्ताक्षरित मनोनयन पत्रमा तिम्सिनाले पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय कार्यविधि अनुरूप आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त […]

पूरा पढ्नुहोस्

स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

मेचीनगर  । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मेचीनगर–९ मा रहेको होलिबेल स्कुलको मे […]

पूरा पढ्नुहोस्

झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु

झापा ।  झापामा बढ्दो अत्यधिक गर्मीका कारण एक महिलाको अकालमा मृत्यु भएको छ। झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ पशुपति चोक पूर्व निवासी लुखी हेमरमको अत्यधिक गर्मी सहन नसक्दा ज्यान गएको हो। उनी आज मध्याह्नको समयमा कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने सडक खण्डमा मृत अवस्थामा फेला परेकी थिइन्। हेमरम चर्को घाम र अत्यधिक […]

पूरा पढ्नुहोस्

निन्दा सिरानमा निःशुल्क स्वास्थ्य शिविर, ६० महिलाले लिए सेवा

झापा । मेचीनगर नगरपालिका वडानम्बर १, निन्दा सिरानस्थित गौशालामा महिला दिदीबहिनी तथा बालबालिकाहरूलाई लक्षित गरी एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अमेरिकामा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत डा. जर्मीन सिम्खडाको विशेष उपस्थितिमा सम्पन्न शिविरमा करिब ६० जना महिलाहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श (ऋयगलकभष्लिन) तथा आवश्यक सुझाव प्रदान गरिएको थियो । शिविरमा महिला तथा […]

पूरा पढ्नुहोस्

मेचीनगरका सबै नागरिक अझै शुद्ध खानेपानीको पहुँचमा छैनन् : नगरप्रमुख बुढाथोकी

डम्बर बराल मेचीनगर, मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरका सबै नागरिकलाई अझै शुद्ध खानेपानीको पहुँचमा ल्याउन नसकिएको बताएका छन्। धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भरपर्दो पानीको स्रोत अभावका कारण कतिपय नागरिक शुद्ध खानेपानीबाट वञ्चित रहेको उल्लेख गरे। ‘पानीको भरपर्दो स्रोतको अभावमा केही नगरवासी अझै पनि शुद्ध खानेपानीको पहुँचबाट टाढा […]

पूरा पढ्नुहोस्

मेचीनगरकी प्रियंकाको उपचारमा सहयोग पुर्याइदिन अपील

मेचीनगर। लिची झार्ने क्रममा लडेर गम्भीर घाइते भएकी झापा मेचीनगर(१० की प्रियंका राजवंशीको उपचारमा सहयोग गरिदिन परिवारले अपील गरेका छन् । प्रियंकाको उपचारका लागि ६ लाख ५० हजार लाग्ने विर्तामोडस्थित इस्पाइलन हस्पिटल प्रशासनले भनेपछि उपचारमा सकेको आर्थिक सहयोग पुर्यादिनुहुन देश तथा विदेशमा रहेका नेपालीलाई उनकी आमा निपी राजवंशीले अपील गरेकी हुन् । प्रियंकाको उपचारका लागि […]

पूरा पढ्नुहोस्