Author: मेची आवाज डेक्स
मेची मासु सहकारीले सञ्चालनमा ल्यायो तेस्रो अत्याधुनिक मासु पसल
काँकरभिट्टा, २३ फागुन । मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टाले आफ्नो तेस्रो अत्याधुनिक मिट मार्ट (मासु पसल) काँकरभिट्टा स्थित सुन्दर टोलको सब्जी बजारमा सञ्चालनमा ल्याएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्गले आज एक कार्यक्रमका बीच रिबन काटेर मेची मिट मार्टको तेस्रो आउटलेटको औपाचारिक शुभराम्भ गरेका छन्। सहकारीले यस […]
पूरा पढ्नुहोस्
सुखानी सन्देश म्यागेजिन विमोचन
विर्तामोड । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर ुसुखानी सन्देशु म्यागेजिन विमोचन भएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले म्यागेजिनको विमोचन गरे । सहिद प्रतिष्ठान नेपालको झापा समितिले आयोजना गरेको एक कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले म्यागेजिनको विमोचन गरेका हुन् । उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मोहन […]
पूरा पढ्नुहोस्
मेचीनगर ९ वडा कार्यालयले जेष्ठ नागरिकको स्वास्थ उपचार र औंषधि निः शुल्क गर्ने
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकहरूको स्वास्थ परिक्षण र औंषधि उपचार निस्शुल्क गरिदिने भएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्यमा संवेदनशील बन्दै कार्यालयले ६५ बर्षदेखि माथिका ९ नं वडाका सम्पूर्ण जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन लागेको हो । यहि फागुन २७ गतेदेखि जेष्ठ नागरिक बुबा आमाहरुको स्वास्थ्य परिक्षण सेवा […]
पूरा पढ्नुहोस्
पत्रकार खगेन्द्र घिमिरे सम्मानित
डम्बर बराल मेचीनगर । मेचीनगर – ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माविले सोमबार आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको छ । पासाङ्ग ल्हामु जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यालयले पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्र्याको भन्दै पत्रकार घिमिरेलाई स्व. लिलाकुमार ÷ कौशल्यादेवी श्रेष्ठ स्मृति पुरस्कारबाट नगद सहित सम्मान […]
पूरा पढ्नुहोस्
एपिएफ फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइन प्रवेश
बिर्तामोड, २१ फागुन । एपिएफ फुटबल क्लब बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वार्टर फाइनल खेलमा एपिएफले बागमती युथ क्लबलाई टाइब्रेकरबाट ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका […]
पूरा पढ्नुहोस्
टुट्यो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बन्ने
काठमाडौं, २१ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि […]
पूरा पढ्नुहोस्
छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश
झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ। झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ […]
पूरा पढ्नुहोस्
धुलाबारी माविको ७२ औं वार्षिक उत्सवमा गणित प्रदर्शन
धुलाबारी । धुलाबारी माध्यमिक विद्यालयले बिबिध कार्यक्रमका साथ शुक्रबार ७२ औं वार्षिकउत्सव सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुको रोचक नृत्य, गायन प्रस्तुत गरिएको थियो भने यो सँगै कार्यक्रमको अर्काे आकर्षण भने विद्यार्थीहरुको गणित प्रदर्शनी थियो । गणित विषयलाई सजिलो भाषामा बुझाउन यस किसिमको प्रदर्शनी गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईंले बताए । विद्यालयले यस अघि […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सशस्त्रको खुकुरी प्रहारबाट ६ जना घाइते
मेचीनगर । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ। झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ। मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो। सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित […]
पूरा पढ्नुहोस्
झापा गोल्ड कपको संस्थागत सदस्य बन्यो, नेपाल पत्रकार महासंघ
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो । संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरे । अध्यक्ष बस्नेतले महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड […]
पूरा पढ्नुहोस्