मुख्य खबर
झापा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक
बिर्तामोड, ९ फागुन । अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा […]
पूरा पढ्नुहोस्
सुरु भयो ‘हात्तीमैत्री पदयात्रा’ मुख्यमन्त्रीलाई बाहुनडाँगीबासीले बुझाए ११ बुँदे ज्ञापन पत्र
बाहुनडाँगी, ९ फागुन । कोशी प्रदेशका मुख्य मन्त्री केदारकार्कीले हात्तीको समस्या समाधानकोलागि आजबाट ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ झापाको बाहुनडाँगी स्थित प्रसाद गौँडाकाबाट सुरु भएको पद यात्रा फागुन १६ गते उदयपुरको कटारी पुगेर सम्पन्न हुने छ । कार्यक्रममा कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, […]
पूरा पढ्नुहोस्
दक्षिण एशियाकै राम्रो लोकतन्त्र नेपाल : प्रा.डा. बराल
धुलाबारी, ८ फागुन । प्रा. डा. लोकराज बरालले दक्षिण एशियामा सबै भन्दा राम्रो लोकतन्त्र नेपालमा रहेको बताएका छन् । आज मेचीनगर लेडी जेसीजले धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित वर्तमान राजनीति र अबको बाटो कार्यक्रममा प्रमुख बक्ता बरालले सो कुरा दावी गरेका हुन् । नेपालका लागि भारतका राजदुत समेत रहेका उनले विगतदेखि नै […]
पूरा पढ्नुहोस्
‘भारतीय भूमिबाट आएको हात्तीलाई उतै फर्काउनु पर्छ, हात्ती करिडोर समाधान होइन’
मेचीनगर । मेचीनगर –४ बाहुनडाँगी क्षेत्रका नागरिक समाज, सामाजिक अभियान्ता, राजनीतिकदल तथा ४ नम्बर वडा कार्यालय, बाहुनडाँगी वासीले वर्षैदेखि हात्तीका कारण भोग्नु परेको समस्या समाधनको लागि एक मत् भएका छन् । वर्षैदेखि जंगली हात्तीबाट मानवीय तथा अन्य बिभिन्न क्षतिको सामना गरिरहेका बाहुनडाँगी बासी विवेक प्रविधिबाट मानव हात्ती द्वन्द न्यूनीकरण गर्न सकिने निश्कर्षमा पुगेका छन् । […]
पूरा पढ्नुहोस्
नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा, इटाभट्टा र होक्से युवा क्लब अन्तिम आठमा
मेचीनगर । स्व.पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग लिम्बू, […]
पूरा पढ्नुहोस्
हिमालयन लाइफ इन्स्योरेन्सले शुरु गर्यो झापाबाट बीमा जागरण अभियान
बिर्तामोड । जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्दै अघि बढेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले झापा जिल्लाबाट बीमा जागरण अभियान शुरु गरेको छ । जनस्तरसम्म बीमा बारे जनचेतना फैल्याउने उद्धेश्यले जागरण अभियान शुरु गरिएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए । कम्पनीले झापाको बिर्तामोडमा शुक्रबार र शनिबार दुई दिने जागरण अभियान सम्पन्न गरेको […]
पूरा पढ्नुहोस्
इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल गायिका पौडेलको धुलाबारीमा बेजोड प्रस्तुती
मेचीनगर । मेचीनगर–१० स्थित खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल झापाकी चर्चित गायिका मेनुका पौडेललाई अभिनन्दन गरेको छ । सो अवसरमा मेचीनगरका बिभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुले खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए । आयोजकले कार्यक्रमलाई थप रोचक बनाउन सांगीतिक कार्यत्रनै आयोजना गरेको थियो । […]
पूरा पढ्नुहोस्
शिव पातालगंगा मन्दिरमा भोलिदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने
काँकरभिट्टा । मेचीनगर–६ स्थित शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा […]
पूरा पढ्नुहोस्
चर्चित गायिका मेनुका पौडेल भोलि धुलाबारी आउने
मेचीनगर, ४ फागुन । चर्चित गायिका मेनुका पौडेल मेचीनगरको धुलाबारीमा आयोजना हुने कार्यक्रममा शनिवार आउने भएकी छन् । मेचीनगर–१० खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले शनिवार आफ्नो स्थापना दिवसको अवसरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रममा इन्डियन आइडलकी टपटेन सहभागी पौडेललाई मेचीनगरका विभिन्न संघ संस्थाले संयुक्त अभिनन्दन गरिने समितिका संयोजक गोकुल […]
पूरा पढ्नुहोस्
विविध कार्यक्रमका साथ बालकल्याण माविको स्वर्ण महोत्सव सम्पन्न, शिक्षक माझीले गरे २ लाखको अक्षयकोष घोषणा
सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले दुई दिवसीय विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव भब्य रुपमा सम्पन्न गरेको छ । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष , सेवा निवृत्त शिक्षक, अक्षयकोषदाता, चन्दादाता तथा जग्गा दाताहरुलाई सम्मान गर्दै बिहीबार स्वर्ण महोत्सव सम्पन्न गरेको हो । विद्यालयले उद्घाटनका अवसरमा पहिलो दिन वर्ष […]
पूरा पढ्नुहोस्