राजनीति
गठबन्धन उम्मेदवार जिताउन धुलाबारीमा शक्ति प्रदर्शन
धुलाबारी, १ मंसिर । चुनावी प्रचारको अन्तिम दिन आज (विहीबार) लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं. ९, १० र १५ केन्द्रित कोणसभामा हजारौँ गठबन्धनका समर्थकहरु सहभागी भएका हुन् । हजारौँ समर्थक सहभागीले संघका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ, (ख) का […]
पूरा पढ्नुहोस्
झापा १ निर्वाचन– गठबन्धन दलको भोलि धुलाबारीमा बृहत आमसभा
मेचीनगर । गठबन्धन दलले भोलि (विहीबार) मंसिर १ गते मेचीनगरको धुलाबारीमा चुनावी आमसभा गर्ने भएको छ । घरदैलो अभियान पछि कोण सभालाई तीब्रता दिँदै आएको गठबन्धन दलले बिहीबार अन्तिम चुनावी सभा गर्ने नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । धुलाबारी मोडमा दिउँसो ३ बजे आयोजना हुने चुनावी आमसभालाई झापा–१ का संघीय उम्मेदवार विश्वप्रकाश […]
पूरा पढ्नुहोस्
जता गयो, त्यतै गठबन्धनको जनलहर
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त दलको झापा क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्तिमा आयोजना गरिएको कोणसभाले विजयको सन्देश दिएको छ । कोण सभामा हजारौँको उपस्थितिले गठबन्धनको सानदार जित हुने सन्देश दिएको हो । बुधबार बुद्धशान्ति–४, आइतबारे चोकमा सम्पन्न कोणसभामा उपस्थित जनताको उत्साह र समर्थनले गठबन्धन दलकातर्फबाट उम्मेदवार रहेका विश्वप्रकाश शर्मा, प्रदेश (ख) का उम्मेद्वार श्यामविर […]
पूरा पढ्नुहोस्
जनताको पक्षमा संघर्षशील श्यामवीर
मेचीनगर । संघर्षका पर्याय श्यामवीर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् । गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं. १ (ख) मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन् । बुवा कर्णबहादुर लिम्बू र आमा बुद्धरानीको कोखबाट विसं २०४० सालमा जन्मिएका श्यामवीर बुद्धशान्ति–४, झापाका स्थानीय बासिन्दा हुन् । लामो समय माओवादी […]
पूरा पढ्नुहोस्
गठबन्धनको कोणसभा– चुनावदेखि विरोधी शक्तिहरु डराए
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं. १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन दलहरुले उम्मेदवार उपस्थित गराएर मंगलबार एकैदिन तीन ठाउँमा कोणसभा गरेका छन् । गठबन्धनमा यसकारण मत दिने कारणसहित कोणसभा आयोजना गरिएको हो । झापा […]
पूरा पढ्नुहोस्
सपना बाँड्ने होइन, काम गर्छाै– शर्मा
मेचीनगर, २८ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले […]
पूरा पढ्नुहोस्
नयाँ र सबल नेतृत्व गोपाल तामाङ
मेचीनगर । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ उँचो छवि बनाएका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनको आशा र भरोसा गरिएका युवा उम्मेद्वार हुन् । प्रतिनिधि तथा प्रदेश […]
पूरा पढ्नुहोस्
निर्वाचनलाई गठबन्धनले उत्सवको रुपमा लिएको छ–शर्मा
मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढीरहेको बताएका छन् । शनिवार मेचीनगर तथा बुद्धशान्तिका बिभिन्न वडामा मतदाता भेटघाटमा शर्माले आफूहरु जितको नजिक पुगेको बताएका हुन् । मेचीनगर ८ स्थित पालिया गंगा टोलमा आयोजित घरदैलो कार्यक्रम पछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै शर्माले निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक […]
पूरा पढ्नुहोस्
‘गठबन्धनको जित नै जनताको जित हो’
झापा, २५ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट तलमाथि नगरी आफ्ना उम्मेद्वारलाई मतदान गर्न अपिल गरेका छन् । शुक्रवार चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त […]
पूरा पढ्नुहोस्
पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही
काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय […]
पूरा पढ्नुहोस्