राजनीति

जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं

झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त छन् । झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर […]

पूरा पढ्नुहोस्

उम्मेदवारलाई सुकुमबासीले सोधे – हाम्रो लालपूर्जा कहिले आउँछ ?

मेचीनगर, २१ कात्तिक । मेचीनगर–८ स्थित समावेशी सुकुमबासी टोलका भूमिहिन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए । सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर–८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुमबासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् । झापा–१ का प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र […]

पूरा पढ्नुहोस्

आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यकछ : शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको समृद्धिको खाका आफैले कोरेकोले अव आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यक रहेको बताएका छन् । झापा– १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले सोमबार मेचीनगर  – २ स्थित दीपज्योति टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पार्टीमा युवाले […]

पूरा पढ्नुहोस्

जनताले चाहे जस्तै विकासको लहर ल्याउँछु : बजगाई

दुहागढी, २० कार्तिक । झापा १ प्रदेश (ख)की उम्मेद्वार सबिना बजगाईले अब जनताले चाहेजस्तो विकासको लहर ल्याउने बताएकी छन् । आइतबार मेचीनगर–१४ को रंगिया बस्तीमा मत माग्दै घरदैलोमा पुगेकी बजगाईसमक्ष स्थानीयबासीले आफ्नो गाउँको सडक कालोपत्रे नभएको लगायतका समस्या सुनाएका थिए । ‘तपाईहरुकी गाउँकी छोरी हुँ, यहाँको सडकलाई कालोपत्रे गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ’–उनले स्थानीयबासीसमक्ष प्रतिवद्धता […]

पूरा पढ्नुहोस्

स्वतन्त्र उम्मेद्वार अधिकारी मतमाग्दै घरदैलोमा

झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् । अधिकारीले ठूला भनिएका दलहरुले जनतालाई आश्वासन मात्रै बाँडेको भन्दै त्यसका विरुद्ध आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारेका छन् । स्वतन्त्र उम्मेद्वार […]

पूरा पढ्नुहोस्

युवा उम्मेद्वारप्रति आशा जाग्यो-मतदाता

मेचीनगर, २० कार्तिक  । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दुःखी छिन् । आइतबार झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ शान्ति गाउँमा मत माग्न पुग्दा भित्री सडक स्तर उन्नति गरिदिन स्थानीय […]

पूरा पढ्नुहोस्

गठबन्धनका उम्मेद्वार- मतदाताका गुनासा सुन्दै भोट माग्दै

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ, प्रदेश “ख” का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलोमा पुगेर मतदाताका गुनासा सुन्ने र जितेर गएपछि […]

पूरा पढ्नुहोस्

विकट बेसीबजारमा देखियो गठबन्धनको पक्षमा शक्ति

मेचीनगर । झापा र इलामको संगम बेसीबजारमा शुक्रबार गठबन्धन दलले संयुक्त चुनावी सभा आयोजना गरेर पूर्वबाट विजयीको सुरुवात भएको उद्घोष गरेका छन् । इलाम क्षेत्र नं १ र झापा क्षेत्र नं १ को संयुक्त जनसभामा उपस्थित शीर्ष नेता तथा उम्मेद्वारले गठबन्धन पहिलो शक्तिको रुपमा उदाएको संकेत एकैले पुष्टि गरेको बताए । लोकतान्त्रिक बाम गठबन्धनको चुनावी […]

पूरा पढ्नुहोस्

‘सोच नबदलेसम्म परिवर्तन सम्भव छैन’

काँकरभिट्टा । झापा क्षेत्र नं। १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारीले सोच नबदलेसम्म परिवर्तन सम्भव नहुने भएकोले देशमा आमूल परिवर्तनको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । काँकरभिट्टामा शुक्रवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार अधिकारीले राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र निर्माणको महान अभियान लिएर मतदाताको घरदैलोमा पुगिरहेको बताए । “राजनीतिक पार्टीहरुले परिवर्तन चाहेका छैनन्,” […]

पूरा पढ्नुहोस्

झापा १ गठबन्धन उम्मेद्वार घरदैलोमा केन्द्रित

मेचीनगर । निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक बाम गठबन्धनले झापा १ मा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् । बिहीबार मेचीनगर(५ स्थित माङ्हिम टोल, जागरण टोल र अँधेरी टोलमा लोकतान्त्रिक बाम गठबन्धन झापा(१ का प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकास शर्मा र […]

पूरा पढ्नुहोस्