राजनीति
नेपालमा आइपर्ने संकट र नेपालीले झेल्नुपर्ने समस्या
खेमराज थाम्सुहाङ्ग हाम्रा पुर्खाहरु सदियौंदेखि आन्तरिक शासकबाट पेलिँदै आएका छन् । उनीहरुले वषौंदेखि दबिँदै कष्टकर जीवन ब्यतित गर्दै आएका छन् । हाम्रा पूर्वजहरु नाना, छाना र मानाकै लागि रोजगार खोज्दै मुगलान भासिनुपर्यो । उनीहरु खाईजीविका चलाउने परिबन्धले काममा दलिए । जसको फाइदा रोजगारदाता मुलुकहरुले लिए र तिनै देशहरु क्रमशः सुरक्षित विकसित र सम्पन्न बन्दै गए […]
पूरा पढ्नुहोस्
बाह्य हस्तक्षेपका कारण नगर सभा हुन सकेन ः नगरप्रमुख आचार्य
मेचीनगर,११ असार । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बाह्य हस्तक्षेपका कारण नगर सभा हुन नसकेको बताएका छन् । । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण समयमा हुन नसकेको बताए नेपालको संविधानले प्रत्येक वर्षको असार १० […]
पूरा पढ्नुहोस्
नयाँ नक्साले पायो संवैधानिक मान्यता
काठमाडौं,४ असार । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको […]
पूरा पढ्नुहोस्
संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाटसर्वसम्मत पारित
काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा निशान छापभित्र समावेश गर्नका लागि प्रतिनिधिसभाले सर्वसम्मत रुपमा संविधान संशोधन विधेयक पारित गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ । भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग […]
पूरा पढ्नुहोस्
सुगौली सन्धि नमाने भारतले टिस्टा र काँगडा छोड्नु पर्छ ःसांसद लिङ्देन
झापा,३१जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्ने बताएका छन्। नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा पेश गरिएको संविधान संशोधन विधेयकमाथि शनिबार भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाड्नुपर्छ’, उनले भने, ‘भारतलाई हामीले बुझाउनुपर्छ, अनि […]
पूरा पढ्नुहोस्
सभामुखले गरे सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत
झापा,३१ जेठ । सभामुख अग्नी प्रसाद सापकोटाले संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव लाई अस्वीकृत गरेका छन् । संसदको आज बसेको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको जानकारी दिएका […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै संविधान संशोधन विधेयक पारित हुने
काठमाडौं,३१ जेठ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि […]
पूरा पढ्नुहोस्
रुकुम घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै दलहरु आन्दोलित
झापा २१ जेठ । केहिदिन अघि रुकुममा भएको हत्याको घटना छानविन गरी कारवाही गर्न माग गर्दै झापाका राजनीतिक दलहरु आन्दोलित भएका छन् । आज विर्तामोडमा आयोजना गरिएको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा झापाका प्रमुख राजनीतिक दलले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । सो अवसरमा नेपाली कांग्रेस,सत्तारुढ नेकपा र राप्रपाका नेताहरुले रुकुमा हत्या गरिएका नवराज विक सहित ६ […]
पूरा पढ्नुहोस्
‘कालापानी’ के राजनैतिक मुद्दामात्र वनिरहन्छ ?
अनन्त प्रकाश वस्ती झापा,२९ बैशाख । देश कोभिड १९ भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनमा छ । नेपालमात्र हैन, विश्वका सवै देश लकडाउनमा छन । तर यही वेला भारतका एक केन्द्रिय मन्त्री भारतबाट चिनको मानसरोवर जाने सडकको उद्घाटन गर्छन, जसले सिङ्गो नेपाली समाजमा एउटा तरङ्ग पैदा गर्छ । अनि फेरी आम नेपालीहरुको माझमा एउटा मुद्दाको रुपमा […]
पूरा पढ्नुहोस्
सीमा विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ प्रचण्ड
काठमाडौं,२८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]
पूरा पढ्नुहोस्