स्थानीय खबर
काँकरभिट्टामा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ । संस्थाले काँकरभिट्टा सहलगानी अन्तरर्गत बुधबार मेचीनगर –६ स्थित रमाइलो गाउँमा २२५ घन लि. क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको छ । ओभर हेड टेंकीको शिलान्यास मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । शिलान्यास पछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
मेचीनगर । नेपाल धितोपत्र बोर्डको आयोजना एवम् मेची उद्योग वाणिज्य संघको समन्वयमा पूँजी, बजार शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक कर्मी, उद्योगी, ब्यवसायी, सहकारी कर्मी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल उद्योण वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्काले कार्यक्रमको औचित्य प्रकाश […]
पूरा पढ्नुहोस्राष्ट्रिय आवास कम्पनीले तत्काल जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरेर लिन्छौं : मेयर बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने बताएका छन् । आवास कम्पनीले मेचीनगर(६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने […]
पूरा पढ्नुहोस्विद्यार्थीहरुको लागि सिकाइ केन्द्र बन्दै मेचीनगरको ग्लोवल एग्रो एण्ड नर्सरी
डम्बर बराल मेचीनगर । मेचीनगर– १० स्थित ग्लोवल एग्रो एण्ड नर्सरी पछिल्लो केही वर्षयता कक्षा १२ अध्ययनरत विद्यार्थीहरुको लागि सिकाइ तथा अध्ययन केन्द्र बन्न थालेको छ । यस फर्ममा कृषि विषय लिएर पढेका विद्यार्थी ओजेटी (तीन महिने कोर्ष) गर्न आउने क्रम बढ्दो छ । झापा गाउँपालिकास्थित जनता माविको कक्षा १२ मा अध्यनरत दिपेश थापा विगत […]
पूरा पढ्नुहोस्खरेलको स्मृति ग्रन्थ लोर्कापण
धुलाबारी, ८ साउन । सुसेली साहित्यिक परिवारको आयोजनामा काँकरभिट्टामा स्व. विजय खरेलको स्मृति ग्रन्थको मंगलबार लोर्कापण गरिएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा भाषाविद् प्राध्यापक डा. जिवेन्द्रदेव गिरीले पाँच सय पृष्ठको ११३ जना सर्जकद्वारा लिखित ग्रन्थको लोर्कापण गरे । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा खरेलको स्मृति ग्रन्थको चर्चा […]
पूरा पढ्नुहोस्डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा सम्मानित
बिर्तामोड । डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका दुई जना पत्रकार पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा पुरस्कृत भएका हुन् । सेन्टरले बिर्तामोडमा आज जनपक्षिय पत्रकार देवकुमार आचार्य अर्थात डी.कौडिन्यको २१ औं स्मृति दिवसको अवसर पारेर पत्रकारद्धय रेग्मी र लामालाई नगदसहित सम्मान तथा […]
पूरा पढ्नुहोस्सामुदायिक विद्यालयमा देखिएका समस्या समाधान विषयक बाहुनडाँगीमा अन्तरक्रिया
बाहुनडाँगी । सामुदायिक विद्यालयहरुको खस्किँदो शैक्षिक अवस्थालाई सुधारगर्न सबै पक्षले हातेमालो गर्नुको विकल्प नभएको सोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नागरिक समाज बाहुनडाँगीले आज मेचीनगर २ स्थित भानु माध्यमिक विद्यालयमा आयोजना गरेको सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका उपाय विषयक अन्तरक्रियाका वक्ताहरुले सो चिन्ता ब्यक्त गरेका हुन् । कार्यक्रममा सुझाव प्रस्तुत गर्दै दिपेन्द्र आविकी प्रधानाध्यापक शान्ता […]
पूरा पढ्नुहोस्खबरमञ्च साप्ताहिक नवौं वर्षमा
इटाभट्टा । झापाको मेचीनगरबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी पत्रिकाले नवौं वार्षिक उत्सव मनाएको हो । मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले नगरका कलम चलाउने पत्रकारहरुलाई समेट्न नसकिएको बताए । जनप्रतिनिधिले काम गरे नगरेको विषयमा […]
पूरा पढ्नुहोस्पत्रकार झुलन रेग्मी र डिकेश लामा पुरस्कृत हुँदै
मेचीनगर १ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी.कौडिन्य)को स्मृतिमा प्रेस सेन्टरले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा संयुक्त पुरस्कृत हुने भएका छन् । रेग्मी लोकतन्त्र पोस्ट दैनिकका पूर्व सम्पादक, मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् भने र लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता एवम् पत्रकार महासंघ […]
पूरा पढ्नुहोस्सञ्चारकर्मी निरौलाले गरे आमाको स्मृतिमा विद्यालयलाई सहयोग
कनकाई । आमाको स्मृतिमा सञ्चारकर्मी रामप्रसाद निरौलाले कनकाई नगरपालिका–४ कोटीहवनस्थित संस्कृत विद्यालयलाई सहयोग गरेका छन् । सुरुङ्गाबाट प्रकाशन भइरहेको कनकाई खबर साप्ताहिक र कनकाई खबर डट कम अनलाइनका सम्पादक समेत रहेका रामप्रसाद निरौलाकी स्वर्गवासी माता हेमकला निरौलाको जन्मजयन्तीको स्मृतिमा कोटिहवनस्थित कनकाई गायत्री विद्यापीठका लागि आवश्यक पर्ने विशेष किसिमको कार्पेट प्रदान गरेका हुन् । एक कार्यक्रमका […]
पूरा पढ्नुहोस्