स्थानीय खबर

स्वास्थ्य शिविरमा तेस्रोदिन ३६२ जनाले लिए सेवा, आज मेचीनगर–१५ मा

मेचीनगर । मेचीनगरका बिभिन्न वडामा जारी स्वास्थ्य शिविर आज सम्पन्न हुँदैछ । आज सोमबार वडा नम्बर १५ मा शिविर सञ्चालन भएर स्वास्थ्य शिविरका कार्यक्रम सम्पन्न हुने छ । आइतबार मेचीनगर–१२ स्थित वडा कार्यालयमा आयोजना गरिएको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ३६२ जनाले उपचार सेवा लिएका थिए। शिविरमा ३६२ जना […]

पूरा पढ्नुहोस्

मेचीनगर – ७ मा आयोजित शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खकारको नमूना संकलन

मेचीनगर, २७ बैशाख । मेचीनगर–७ स्थित कृष्ण आधारभूत विद्यालयमा आयोजना गरेको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २६३ जनाले सेवा लिएका छन् । शनिबार मेचीनगर नगरपालिकाले मदन वस्तीमा आयोजना गरेको शिविरमा २६३ जना मध्ये २५४ जनाले एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए । नगरपालिका स्वास्थ्य शाखाकी कर्मचारी सदिक्क्षा भट्टराई […]

पूरा पढ्नुहोस्

मेचीनगर –५ स्थित पाथीभरा मन्दिरमा प्राण प्रतिष्ठाकोलागि अनुष्ठान सुरु

सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित नवनिर्मित पाथीभरा मन्दिरमा शनिबारबाट धार्मिक अनुष्ठान सुरु गरिएको छ । नवनिर्मित पाथीभरा मन्दिरमा मूर्ति प्राण प्रतिष्ठा गर्ने उद्देश्यका साथ अनुष्ठान सुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष ज्योती प्रकाश पाठकले जानकारी दिए । सो क्षेत्रमा स्थानीय लक्ष्मीप्रसाद श्रेष्ठले १ कठ्ठा बढी जमिन मन्दिर निर्माणको लागि निःशुल्क प्रदान गरेपछि एक वर्ष […]

पूरा पढ्नुहोस्

मेचीनगरमा पत्रकारितामा एआई सम्बन्धी तीनदिने तालिम सुरु

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने तालिम मेचीनगरमा सुरु भएको छ । प्रेस क्लव  मेचीनगरको आयोजनामा तीन दिने तालिम सुरु भएको हो । काँकरभिट्टा स्थित नमस्ते रिसोर्टमा शुक्रबारबाट सुरु भएको तालिमको सहजीकरण आम सञ्ञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले गरिरहेका छन् । उनले पत्रकारितामा एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी गराएका थिए […]

पूरा पढ्नुहोस्

थोप्लेविरान महिला कृषि  सहकारीद्वारा सजीउन खेतीकोलागि किसानलाई प्रोत्साहित

मेचीनगर । बहुउपयोगी वनस्पतिका रुपमा रहेको सजीउन (मोरिङ्गा) खेती मेचीनगरमा सुरु गरिने भएको छ । मधुमेह, प्रेसर र अन्य थुप्रै विरामीका लागि औषधिका रुपमा रहेको सजीउन खेती मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वन आसपास गरिने भएको छ । सजीउन खेतीका लागि थोप्लेविरान महिला कृषि सहकारी संस्थाले किसानहरुसँग मिलेर गर्ने भएका छन् । विहीबार मेचीनगर नगरपालिका र […]

पूरा पढ्नुहोस्

प्रथम निलसरी च्यालेन्ज कप : उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी ूप्रथम निलसरी च्यालेन्ज कप २०८२ू अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४(१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले […]

पूरा पढ्नुहोस्

मेचीनगरमा औषधि पसल अनुगमन : दुईवटालाई जरिवाना, चार वटालाई सचेत

धुलाबारी, २४ बैशाख । मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुईवटालाई जरिवाना र चारवटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ । आज दिउँसो मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा स्वास्थ्य कार्यालय झापा, जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, जिल्ला प्रशासन कार्यालय झापाको संयुक्त अनुगमन टोलीले विभिन्न प्रकारका ६ वटा औषधि पसललाई जरिवानासहित सचेत गराइएको हो […]

पूरा पढ्नुहोस्

“प्रथम निलसरी च्यालेन्ज कप” बेलबारी एफसी सेमिफाइनलमा प्रवेश

मेचीनगर  । बेलबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २(१ गोल अन्तरले पराजित गर्दै बेलबारी अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै बेलबारीले आइतबार सेमिफाइनलमा रेडहर्स एफसी इलामसंगको भेट पक्का गरेको […]

पूरा पढ्नुहोस्

झापा नेशनल स्कूलले गर्यो, अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा मेडल जित्ने खेलाडीलाई सम्मान

मेचीनगर । मेचीनगर ७ इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (उस्काइ) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२५ मा सहभागी भई मेडल जित्न सफल विद्यार्थीहरूलाई एक समारोहबीच सोमबार सम्मान गरेको छ । नेपाल, भारत, भुटान र श्रीलंका पाँच सयबढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै यस विद्यालयबाट पाँच जना छात्रले मेडल ल्याउन सफल भएका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा निलसरी महोत्सव सुरु

मेचीनगर २२ वैशाख । झापाको मेचीनगरमा आजदेखि निलसरी महोत्सव सुरु भएको छ । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा गरिएको महोत्सव ऐतिहासिक पात्र निलसरी मेचेको नामबाट सञ्चालन गरिएको हो । मेचीनगर ७ स्थीत जोरसिमलमा आयोजना गरिएको महोत्सव उदघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जंगबहादुर राणाकी श्रीमति मेचीनगरकै निलसरी मेचेको नाममा महोत्सव […]

पूरा पढ्नुहोस्