स्थानीय खबर
मेचीनगरको प्रवक्तामा वडाध्यक्ष दिपक बराल
मेचीनगर, २६ माघ । मेचीनगर नगरपालिकाको प्रवक्तामा वडाध्यक्ष दिपक बराल चयन भएका छन् । नगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका बैठकले वडा नं. २ का वडाध्यक्ष बराललाई प्रवक्ता तोकेको हो । नगरप्रमुख गोपाल बुढाथोकी नेतृत्वको नगर जनप्रतिनिधिको कार्यकाल बितेको दुई वर्षपछि मेचीनगरले प्रवक्ता पाएको हो । यसअघि तत्कालीन नगरप्रमुख बिमल आचार्यको नेतृत्वमा रहेको जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल […]
पूरा पढ्नुहोस्
सहिद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानद्वारा प्रजातान्त्रिक आन्दोलनका सहिदलाई मरोणपरान्त सम्मान
बाहुण्डाँगी । मेचीनगर –४, बाहुण्डाँगी स्थित सहिद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानले बुधबार एक कार्यक्रमबीच प्रजातन्त्र प्राप्तिकोलागि जीवन उत्सर्ग गरेका सहिदलाई मरोणपरान्त सम्मान गरेको छ । सहिद सप्ताहब्यापी कार्यक्रम अन्तरर्गत प्रजातान्त्र स्थापनार्थ ज्यान बलिदान दिने सहिदलाई प्रतिष्ठानले सम्मान गरेको हो । २०६२÷ ०६३ को जनाआन्दोलनका सहिद राजन गिरीका बुवा केदारशम्शेर गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहिद […]
पूरा पढ्नुहोस्
हिमालयन कप भलिवलको उपाधी सनसाइनको पोल्टामा
धुलाबारी । मेचीनगर –१० स्थित हिमालयन इङ्लिस एकाडेमीको आयोजनामा सञ्चालित हिमालयन कप भलिवल प्रतियोगिता दोस्रो संस्करणको उपाधी मेचीनगर –२ स्थित सनसाइन अंग्रेजी माविले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा पशुपति मावि काकरभिट्टालाई २५–१६ र २८–२६ को सोझो सेटमा पराजित गर्दै सनसाइनले उपाधी जितेको हो । प्रतियोगितामा काकरभिट्टा स्थित तारापुञ्ज अंग्रेजी माविले तेस्रो स्थान हासिल […]
पूरा पढ्नुहोस्
वेद र विज्ञान बुझेका भण्डारीले कथाप्रवचन गर्ने
चारआली । आध्यात्मिक परिवारमा हुर्किएका झापा मेचिनगर १२ सहरेडाँगीका हरिकृष्ण भण्डारीले महायज्ञमा आफ्नो पहिलो कथा वाचन गर्ने भएका छ्न् । उनका हजुरबुवा परम् तपस्वी विशिष्ट विद्वान पं माधवप्रसाद भण्डारीले स्थापना गरेको श्रीमाधव संस्कृत विद्याश्रममा आगामी फाल्गुन ७ गतेदेखि फाल्गुन १४ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल विराट् ज्ञान महायज्ञमा कथा वाचन गर्नेभएका हुन् । । संस्कृतको […]
पूरा पढ्नुहोस्
बालकल्याण माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सवमा दर्जनौं सम्मानित
मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले आइतबार ५१ औं वार्षिक उत्सवको अवसर पारेर विद्यालयका उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक, पूर्व शिक्षक, पूर्व कर्मचारी र अक्षयकोष दाताहरुलाई सम्मान गरेको छ । विद्यालयले ओमनाथ÷ ऋतुकुमारी पाठक अक्षयकोषबाट वर्ष उत्कृष्ट शिक्षको रुपमा धनकुमारी लामा र वर्ष उत्कृष्ट अभिभावक सम्मान योगेन्द्र बहादुर राईलाई प्रदान गरेको छ । त्यसैगरी […]
पूरा पढ्नुहोस्
मेचीनगरमा “एच.पि.भी खोप र अभियान २०८१“ को अभिमुखिकरण कार्यक्रम
मेचीनगर । “एच.पि.भी खोप र अभियान २०८१“ को अभिमुखिकरण कार्यक्रम सम्पन्न मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम एच.पि.भि.खोप अभियान २०८१ पालिका स्तरीय खोप समन्वय समिति एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भयो । मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको सभाहलमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरको […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगरद्वारा दश विभाग गठन
धुलाबारी, १९ माघ । नेपाली काँग्रेस मेचीनगर समितिले विभिन्न दश वटा विभागहरू गठन गरेको छ । नगर सभापति सुवेशकुमार पनेरूको अध्यक्षतामा शनिवार बसेको नगर पदाधिकारी बैठकले विभागहरू प्रमुख तोकेको काँग्रेस मेचीनगरका सचिव मनोज घिमिरेले जानकारी दिए। नगर समितिको निर्णय अनुसार संगठन विभागको प्रमुखमा धनकाजी खत्रीलाई जिम्मेवारी दिएको छ भने भात्री संघ संस्था समन्वय विभागको प्रमुखको […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरको अधिवेशन फागुन ७ गते हुने
इटाभट्टा । प्रेस क्लब मेचीनगरको दशौं वार्षिक साधरणसभा एवम् छैटौं अधिवेशन आगामी फागुन ७ गते बुधबार आयोजना गरिने भएको छ । शनिबार क्लबको कार्यालय इटाभट्टामा सम्पन्न कार्यसमितिको २५ औं नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशन मेचीनगर-१ स्थित ४९ धारा स्थानमा आयोजना गर्ने प्रस्ताव गरिएको अध्यक्ष डम्बर बरालले बताए । सोका लागि क्लबका […]
पूरा पढ्नुहोस्
मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने
मेचीनगर । झापाको सुदुर पूर्व उत्तर क्षेत्र मेचीनगर १ स्थित मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । ग्लोबल मेची युथ क्लबको आयोजनामा माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । […]
पूरा पढ्नुहोस्
शिक्षा क्षेत्रमा फरक पहिचान बनाउँदै इस्ट होराइजन, अतिरिक्त क्रियाकलापमा समेत फड्को मार्याे
मेचीनगर । शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान स्थिापित गर्न सफल इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले अन्तरष्ट्रि स्तरमा आफूलाई स्थापित गर्दै लगेको छ । हालै उत्कृष्ट विद्यालयमा छनोट भई इस्ट होराइजन मावि बेस्ट अलराउन्डर स्कुल विधातर्फ मलेसियामा आयोजित बल्र्ड स्कुल समिटमा सम्मानित भएको थियो । ँविश्वभरका २०० विद्यालय मध्ये होराइजन स्कुल उत्कृष्टमा पर्न सफल भएको […]
पूरा पढ्नुहोस्