स्थानीय खबर
इस्ट होराइजनमा फागुन २६ र २७ गते ‘वसन्त उत्सव’
मेचीनगर । इस्ट होराइजन मावि मेचीनगर–१०, धुलाबारीले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलापका विभिन्न २२ वटा विधाहरुबाट विद्यार्थीहरुले सिकेका कला प्रदर्शन गर्ने उद्देश्यले वसन्त उत्सव आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यसाथ […]
पूरा पढ्नुहोस्भद्रपुर नगरपालिकाद्वारा छ जना पत्रकार सहित खेलाडीलाई सम्मान
भद्रपुर २३ फागुन । भद्रपुर नगरपालिकाले १३ औ नगर अधिवेशनको सन्दर्भमा नगरपालिका भित्रका छ जना पत्रकार सहित विभिन्न खेलाडीलाई सम्मान गरेको छ । पालिकाको सभाहलमा बुधबार सम्पन्न अधिवेसनमा दीर्घ सेवा सम्मान पत्रकारिता पुरस्कार २०७९ को अग्रज पत्रकार नकुल काजी र २०८० को गोविन्द चन्द क्षेत्रीलाई नगद तीसहजार रुपैयाँसहित दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको थियो […]
पूरा पढ्नुहोस्कालिका वनको २८औँ साधारण सभामा सम्मान
धाइजन, २३ फागुन । मेचीनगर–११ र १२ स्थित कालिका सामूदायिक वन उपभोक्ता समूह को २८ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरकी थिइन् । कार्यक्रमको अवसरमा नेपाल सितोरियो करातेका राष्ट्रिय रेफ्री राजेन्द्र कार्कीलाई नगदसहित सम्मान गरिएको थियो । उनलाई […]
पूरा पढ्नुहोस्मेची मासु सहकारीले सञ्चालनमा ल्यायो तेस्रो अत्याधुनिक मासु पसल
काँकरभिट्टा, २३ फागुन । मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टाले आफ्नो तेस्रो अत्याधुनिक मिट मार्ट (मासु पसल) काँकरभिट्टा स्थित सुन्दर टोलको सब्जी बजारमा सञ्चालनमा ल्याएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्गले आज एक कार्यक्रमका बीच रिबन काटेर मेची मिट मार्टको तेस्रो आउटलेटको औपाचारिक शुभराम्भ गरेका छन्। सहकारीले यस […]
पूरा पढ्नुहोस्सुखानी सन्देश म्यागेजिन विमोचन
विर्तामोड । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर ुसुखानी सन्देशु म्यागेजिन विमोचन भएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले म्यागेजिनको विमोचन गरे । सहिद प्रतिष्ठान नेपालको झापा समितिले आयोजना गरेको एक कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले म्यागेजिनको विमोचन गरेका हुन् । उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मोहन […]
पूरा पढ्नुहोस्मेचीनगर ९ वडा कार्यालयले जेष्ठ नागरिकको स्वास्थ उपचार र औंषधि निः शुल्क गर्ने
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकहरूको स्वास्थ परिक्षण र औंषधि उपचार निस्शुल्क गरिदिने भएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्यमा संवेदनशील बन्दै कार्यालयले ६५ बर्षदेखि माथिका ९ नं वडाका सम्पूर्ण जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन लागेको हो । यहि फागुन २७ गतेदेखि जेष्ठ नागरिक बुबा आमाहरुको स्वास्थ्य परिक्षण सेवा […]
पूरा पढ्नुहोस्पत्रकार खगेन्द्र घिमिरे सम्मानित
डम्बर बराल मेचीनगर । मेचीनगर – ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माविले सोमबार आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको छ । पासाङ्ग ल्हामु जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यालयले पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्र्याको भन्दै पत्रकार घिमिरेलाई स्व. लिलाकुमार ÷ कौशल्यादेवी श्रेष्ठ स्मृति पुरस्कारबाट नगद सहित सम्मान […]
पूरा पढ्नुहोस्छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश
झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ। झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ […]
पूरा पढ्नुहोस्धुलाबारी माविको ७२ औं वार्षिक उत्सवमा गणित प्रदर्शन
धुलाबारी । धुलाबारी माध्यमिक विद्यालयले बिबिध कार्यक्रमका साथ शुक्रबार ७२ औं वार्षिकउत्सव सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुको रोचक नृत्य, गायन प्रस्तुत गरिएको थियो भने यो सँगै कार्यक्रमको अर्काे आकर्षण भने विद्यार्थीहरुको गणित प्रदर्शनी थियो । गणित विषयलाई सजिलो भाषामा बुझाउन यस किसिमको प्रदर्शनी गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईंले बताए । विद्यालयले यस अघि […]
पूरा पढ्नुहोस्मेचीनगरमा फागुन २९ गतेदेखि “नगर ओलम्पिक हुने
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा खेलकुदको महाकुम्भ “मेचीनगर नगर ओलम्पिक” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखि विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता हुन लागेको हो । मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको नगर ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने मेचीनगर बरिस्ठ […]
पूरा पढ्नुहोस्