स्थानीय खबर
आदर्श माविको सफलतामा मेचीनगर बन्यो बाधक, भवन निर्माणको रकम मेचीनगरले रोकेको विद्यालयको दावी
मेचीनगर, १७ फागुन । आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवनकोलागि संघीय सरकारबाट प्राप्त विशेष अनुदानको रकम मेचीनगर नगरपालिकाले रोक्न कार्यपालिकाको निर्णय सहित सिफारिस पठाएको भन्दै विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले संघीय सरकारबाट विशेष अनुदानको रूपमा ल्याएको बजेट रोक्न, नगरपालिकाले सिफारिस नगर्ने निर्णय गरेको जानकारी दिएको हो । विद्यालयको स्तरउन्नति र […]
पूरा पढ्नुहोस्सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुन : दुर्गाप्रसाद पाठक
भद्रपुर १७ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी को पाचौ अधिवेशन तथा साधारणसभाले अध्यक्षमा पुनः दुर्गाप्रसाद पाठकलाई सर्वसम्मत चयन गरेको छ । बिहीबार चन्द्रगढिमा सम्पन्न सभाले समितिको उपाध्यक्षमा बाबुराम कार्की महिला उपाध्यक्षमा मिरा सन्जेल, सचिवमा खडगबहादुर बुढाथोकी, सह सचिवमा निर्मला बास्तोला र कोषाध्यक्षमा ज्योति न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी सदस्यहरुमा क्रमशः कृष्णप्रसाद […]
पूरा पढ्नुहोस्बिर्तामोड वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित
बिर्तामोड, १६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याउर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत मात्र प्राप्त गरेका छन् । न्यौपाने ७०५ मतको अन्तरले विजयी भएका […]
पूरा पढ्नुहोस्अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित पहिलो […]
पूरा पढ्नुहोस्मेचीनगरमा ३३ हजार बालबालिकालाई दादुरा–रुवेला बिरूद्धको खोप लगाइने
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बालबालिकालाई अभियान नै चलाएर दादुरा–रुवेला बिरूद्धको खोप लगाउने भएको छ । स्वास्थ्य शाखाले दादुरा(रूबेला खोप अभियान २०८० मार्फत नगरको ३३ हजार बालबालिकालाई फागुन २० गतेदेखि २९ गतेसम्म नगरपालिकाको पन्द्रवटै वडामा खोप लगाउने भएको हो । आज स्वास्थ्य शाखाले मेचीनगरका क्रियाशील सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै नगरपालिकाले खोप अभियान भव्य […]
पूरा पढ्नुहोस्मेचीनगर अनलाइन दोस्रो वर्षमा प्रवेश
काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको एकवर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । गतवर्ष फागुन १४ गते धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका […]
पूरा पढ्नुहोस्नकलबन्दामा जारी नकआउट फुटबलको उपाधि होक्से युथ क्लवको पोल्टामा
मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि होक्से युथ क्लबले जितेको छ । काँकरभिट्टा एफटिसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै होक्से च्याम्पियन बनेको हो । नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा शनिबार उपाधिका लागि काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब मैदानमा उत्रिएका थिए । उपाधि जितेसँगै होक्सेले […]
पूरा पढ्नुहोस्खोज पत्रकारिताले भ्रष्टाचार र बेथिति अन्त्य गर्ने छ : अध्यक्ष थेवेले
नयाँबजार । इलामको माईजोगमाई गाँउपालिकाको केन्द्र नयाँबजारमा खोज पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ इलामको आयोजना साथै माईजोगमाई गाउँपालिकाको सहयोगमा ४ दिने खोज पत्रकारिता तालिम सुरु भएको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लब भट्टराई र प्रमुख अतिथी माईजोगमाई गाँउपालिकाका अध्यक्ष कुश बहादुर थेवे रहेका थिए । विशेष […]
पूरा पढ्नुहोस्धुलाबारीमा इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुँदै
धुलाबारी, १० फागुन । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ । धुलाबारी क्याम्पस परिसरमा हुने उक्त प्रदर्शनीमा इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु देखाइने प्रिन्सिपल ई। रुद्र मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा मेचीनगरका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा […]
पूरा पढ्नुहोस्झापा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक
बिर्तामोड, ९ फागुन । अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा […]
पूरा पढ्नुहोस्