स्थानीय खबर
काँकरभिट्टा महोत्सव : अस्मितासंगै झुमे दर्शक
मेचीनगर। काँकरभिट्टामा सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ बुधबारदेखि सञ्चालन भएको छ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको सांगीतिक महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । काँकरभिट्टा खेलमैदानमा आगामी असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन बिहीबार पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारीले आफ्नो सुपरहिट गीत गाउँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी […]
पूरा पढ्नुहोस्
धानबालिमा रोग किरा नियन्त्रण सम्बन्धी प्रशिक्षण सम्पन्न
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको आयोजनामा धानबालिमा रोग किरा नियन्त्रण विषयक दुई दिवसीय तालिम सम्पन्न भएको छ । मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा आयोजित तालिममा सहकारी संस्थामा आवद्ध ९० जना अग्रज कृषकहरुले सहभागिता जनाएका थिए । सहभागिहरुलाई मेचीनगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान र मेची कृषक सहकारी संस्थाका कृषि विशेषज्ञ टेकबहादुर पोख्रेलले […]
पूरा पढ्नुहोस्
वीपी कोइरालाको ११९ औं जन्म जयन्तीमा विचार गोष्टी
धुलाबारी ÷नेपाली कांग्रेस मेचीनगर समितिले महामानव विपी कोइरालाको ११९ औ जन्म जयन्तिको अवसरमा विचारगोष्टि सम्पन्न गरेको छ । धुवाबारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले महामानव विपी केइरालाको विचारलाई आज पार्टी नेतृत्वले अवमूल्यन गर्न खोजेको आरोप लगाए । विपीको विचार आज पनि त्यतिकै सन्दर्भिक र महत्व बोकोको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँगेसका […]
पूरा पढ्नुहोस्
बाँसबारी सामुदायिक वनको २९ औं साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेचीनगर क्षेत्रभित्र रहेका सामुदायिक वन र पर्यापर्यटनको विकासकोलागि स्थानीय सरकारले आवश्यक सहयोग पुर्र्याउदै आएको बताइन् । बाँसवारी सामुदायिक वनको शनिवार सम्पन्न २९ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएकी हुन् । सामुदायिक वन स्थानीय सरकारको माहतहतमा नहुँदा ठूलो रकम विनियोजन गर्न कानुन बाधक बनेको भएपनि […]
पूरा पढ्नुहोस्
वैकल्पिक खेतीले बाहुनडाँगीमा ल्याएको समृद्धि
डम्बर बराल मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीका रमेश दाहालले एक दशक अघिसम्म आफ्नो जमिन बेचेर अन्यत्र बसाईँ जान निक्कै प्रयत्न गरे । तर, अन्यत्रबाट जमिन किन्न त्यस क्षेत्रमा कोही नपुगेपछि उनको बसाईँ सर्ने योजना सफल भएन । उनले सस्तैमा भएपनि जमिन बेच्ने सोच बनाएका थिए । रमेशको बसाइँ सर्ने सोचको पछाडि एउटै कारण थियो, हात्तीको त्रासबाट […]
पूरा पढ्नुहोस्
छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सम्पन्न, पुरूषोतम र रन्जित प्रथम
मेचीनगर । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगितामा पुरूषोतम चौलागाई र रन्जित राई प्रथम भएका छन् । आज काँकरभिट्टामा सम्पन्न प्रतियोगितामा काठमाडौंका चौलागाई र उदयपुरका राई प्रथम हुँदै जनही नगद ५० हजार प्राप्त गरे । त्यस्तै उनीहरुले अब डिसेम्बर १३ देखि २२ सम्म दुवइमा हुने एशियन एमेच्युर चेस टुनामेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छन् । नाइट चेस […]
पूरा पढ्नुहोस्
श्रीकृष्ण जन्माष्टमीमा कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो
मेचीनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो । हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरू झै यसबर्ष पनि […]
पूरा पढ्नुहोस्
नेशनल प्याब्सन मेचीनगरको कविता प्रतियोगिता सम्पन्न, माँ सरस्वतीकी कृतिका भइन् प्रथम
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरले नगर स्तरिय आधारभुत तह कविता प्रतियोगिता सम्पन्न गरेको छ । मेचीनगर १५ स्थित शुप्रभा इङ्गलिस विद्या सदनको हलमा शुक्रबार आयोजित प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध मेचीनगरका १२ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगितामा मेचीनगर–९ स्थित् माँ सरस्वती एजुकेसन फाउन्डेसनकी कृतिका शिवाकोटी प्रथम भइन् । प्रतियोगिताको दोस्रो उपाधि मेचीनगर–१२ स्थित् दन्तकाली […]
पूरा पढ्नुहोस्
स्वास्थ्यकर्मी राम मगरको संयोजनमा बालकल्याणमा सचेतना
मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माविमा बिहीबार प्रजनन् स्वास्थ्य, यौनिकता, माहिनावारी स्वच्छता, किशोर– किशोरीमा आउँने शारिरीक परिवर्तन लगायतका विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । किशोर – किशोरी र युवाहरुलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी स्वास्थ्य संस्थासँग प्राविधिक र व्यवस्था क्षमता अभिवृद्धि गर्न समुदायमा सचेतना जगाउँदै आएको एमपी एचडीले नगरका बिभिन्न वडामा […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा सार्वजनिक जेसीज धारा सञ्चालन
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले जेसीजले सार्वजनिक जेसीज धारा निमार्ण गरि उद्घाटन गरेको छ । मेचीनगर–४, बाहुनडाँगीमा स्वं टंकबहादुर देवकोटाको स्मृतिमा निर्माण भएको जेसीज धाराको सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं ४ अध्यक्ष अर्जुनकुमार कार्की, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवरलगायतले धाराको उद्घाटन गरेका थिए । सो अवसरमा […]
पूरा पढ्नुहोस्