स्थानीय खबर
समाजमा बिद्यमान हानिकारक अभ्यासका बारेमा अन्तरक्रिया
मेचीनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत आज मेचीनगर नगरपालिकामा सामाजिक विभेद तथा हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित कार्यक्रममा समाजमा बिद्यमान हानिकारक अभ्यास ,बालबिवाह,बहुबिवाह, जातीय छुवाछूत ,दाइजो प्रथाले समाजमा निम्त्याएको भयावह अवस्थाको बारेमा छलफल भएकोे हो । महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले परम्परागत […]
पूरा पढ्नुहोस्लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बुधबार तीन प्रतिभालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले पाँचौं वार्षिक उत्सव तथा भवन उद्घाटनको अवसर पारेर तीन प्रतिभालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो । मेचीनगर – ११ धाइजन स्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मेचीनगर–१४ घर भइ हाल बीपी […]
पूरा पढ्नुहोस्पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु
मेचीनगर, १८ मंसिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल(भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित(२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा(७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ ९पीपी० ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ ९आरपी०बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर […]
पूरा पढ्नुहोस्मेचीनगर ८ मा आगलागी हुँदा ग्वाली र पराल जलेर नष्ट
मेचीनगर । मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको […]
पूरा पढ्नुहोस्मलेसियाबाट उद्दार गरिएका गोपालको पारिवारिक अवस्था बुझ्दै बुढाथोकी र डालमिया
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माको पहलमा मलेसियाबाट उद्दार गरिएका मेचीनगर – ६ काँकरभिट्टाका गोपाल अधिकारीलाई बुधबार नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र विजय डालमियाले भेटेर उनको पारिवारिक अवस्थाको बारेमा जिज्ञासा राखेका छन् । १८ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका गोपाल विगत ६ वर्षदेखि परिवारसंग सम्पर्क विहिन थिए । छोरा […]
पूरा पढ्नुहोस्मेचीनगरमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू
मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । सोमबार पूर्वी नाका काँकरभिट्टामा नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरेर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न प्लेकार्ड सहित काँकरभिट्टा […]
पूरा पढ्नुहोस्पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह झापामा
मेचीनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा […]
पूरा पढ्नुहोस्सहरेडाँगीमा मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने
मेचीनगर, ८ मंसिर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद […]
पूरा पढ्नुहोस्लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभालाई पुरस्कृत गर्ने
मेचीनगर, ८ मंसिर। लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए। […]
पूरा पढ्नुहोस्आधुनिक साकोसको १२ औं वार्षिक साधारणसभा सम्पन्न
काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) को १२ औं वार्षिक साधारणसभा बिहिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २० जना प्रतिनिधिहरु माझ सबै इकाईका माइन्युट पढीबाची मूल माइन्युट तयार गरेर अन्तिम माइन्युट प्रमाणित गरिएको हो । संस्थाका अध्यक्ष […]
पूरा पढ्नुहोस्