स्थानीय खबर
मेचीनगरबाट एसईईमा यी आठ निजी विद्यालयले निकाले शत प्रतिशत नतिजा
मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरका ८ वटा निजी विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन । मेचीनगरका ३८ वटा निजी विद्यालयबाट एसईई परीक्षमा विद्यार्थी मध्ये ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताउनु भयो । भण्डारीले दिनु भएको जानकारी अनुसार दुर्गा आवासिय मावि मेचीनगर १२ का १९ […]
पूरा पढ्नुहोस्
धान दिवसमा माओवादी केन्द्रद्वारा मेचीनगरमा १२५ जना कृषकलाई फरुवा बितरण
मेचीनगर । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक […]
पूरा पढ्नुहोस्
मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस
मेचीनगर,१५ असार । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो । मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको […]
पूरा पढ्नुहोस्
४० वटा जेसीज शाखाका पदाधिकारी बिर्तामोडमा
बिर्तामोड । आफूमा भएको क्षमतालाई प्रस्तुत गर्दै क्षमतावान बनाउने उद्देश्यले नेपाल जेसीजले ४० वटा शाखालाई दुई दिवसीय कार्याशाला सुरु गरेको छ । शुक्रबार झापाको बिर्तामोडमा औपचारिक कार्यक्रमबीच कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना पोख्रेल उप्रेतीले उद्घाटन गरेपछि `एरिया ए´ का लागि `इन्पावरिङ एसजी´ दुईदिने कार्याशाला सुरु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले […]
पूरा पढ्नुहोस्
एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सम्पन्न
धुलाबारी, १४ असार । मेचीनगरको धुलाबारीमा सञ्चालित एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र मेची उद्योग बाणिज्य संघको सहजीकरणमा सञ्चालित तालिम समापन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले सिकाई (ज्ञान) भन्ने कुरा कहिलै पूरा नहुने बताएकी छिन् । उनले जन्मेदेखि […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा : मेचीनगरमा सामुदायिक विद्यालय तर्फ बालकल्याण प्रथम
इटाभट्टा । मेचीनगरका सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि मेचीनगर–५ ले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । नगर शिक्षा शाखाका अनुसार बाल कल्याण माविबाट सहभागी विद्यार्थीको ७० प्रतिशतबढी विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सहभागी २७ मध्ये १९ जनाको नतिजा सफल आएको शिक्षा शाखाले जानकारी दिएको छ । त्यस्तै उत्तीर्ण विद्यार्थी प्रतिशतको आधारमा मेचीनगर–१ स्थित पवित्र […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । बिहीबार विद्यालय परिसरमा आयोजित भेलाले अध्यक्षमा पूनः लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा गोपाल गिरी, दीपक ढुंगाना, विन्जिता तामाङ, सीता भट्टराई, सीता भट्टराई ( पौडेल) चन्द्र प्रसाद गुरागाँई, मनकुमारी सिक्देल, शिक्षक प्रतिनिधि सन्तलाल […]
पूरा पढ्नुहोस्
नगरस्तरीय वक्तृत्वकलामा धुलाबारी माविकी दिब्या भइन् प्रथम
इटाभट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायले जितेकी छिन् । बिहीबार मेचीनगर–८, स्थित आदर्श मावि परिसरमा सम्पन्न प्रतियोगितामा ओसेनिक निर्माण अंग्रेजी मावि बाहुण्डागीका रिदम दुलाल दोस्रो भए । मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरेले तेस्रो स्थान हासिल गरिन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० […]
पूरा पढ्नुहोस्
लायन्स क्लव अफ मेचीनगर अध्यक्षमा पोख्रेल
काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४÷२०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश […]
पूरा पढ्नुहोस्
मेचीनगरले ल्यायो २ अर्ब ५ करोड बढीको प्रस्तावित बजेट
मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷ ०८२ का लागि रु दुई अर्ब पाँच करोड २९ लाख दुई हजारको वार्षिक बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ ल्याएको हो । यो बजेट झापा जिल्लामा सबै भन्दा ठूलो हो । […]
पूरा पढ्नुहोस्