स्थानीय खबर
शिक्षा ऐन संशोधन गर्न मेचीनगरमा पनि आन्दोल
मेचीनगर,२५ साउन । सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले संघीय शिक्षा ऐन निजी बिद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी संसदमा पेश गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सरकारले संसदमा पेश गर्न लागेको संघीय शिक्षा ऐनमा हाल सञ्चालित निजी विद्यालयहरु पाँच वर्षमा सबै फरफारक […]
पूरा पढ्नुहोस्कला,संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छः उपप्रमुख उप्रेती
मेचीनगर । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले सबैले आफ्नो पहिचान जोगाउन कला, संस्कृति बचाउनुपर्ने बताउँनुभएको छ । बुधबार मेचीनगर – ६ काँकरभ्टिामा आयोजित नेवार समुदायको लाखे तथा ठाक ठुके घिन्ताङ घिसी नृत्य प्रशिक्षण समापन समराोहमा बोल्दैं उपप्रमुख उप्रेतीले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा,देश सेवा गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउँनुभयो । […]
पूरा पढ्नुहोस्झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रविण थापा निर्वाचित
काकडभिट्टा । झापा जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पुनः प्रविण थापा निर्वाचित भएका छन्,। आज बुधबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा सम्पन्न साधारणसभाले निर्विरोध दोस्रो कार्यकालका लागि पुनः थापालाई अध्यक्ष पदमा चयन गरेको हो । यस्तै उक्त सम्मेलनबाट उपाध्यक्ष पदमा विरु श्रेष्ठ सचिवमा लाक्पा लामाले पनि कार्यकाल दोहोर्याएका छन्, भने १५ सदस्यीय जिल्ला समिति चयन भएको […]
पूरा पढ्नुहोस्बाहुनडाँगीमा धार्मिक मेलाको तयारी
मेचीनगर । धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगरको बाहुनडाँगी स्थित हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ । नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले सोमबार पत्रकारसँगको कुराकानीमा जानकारी गराएका छन्। स्थानीय क्षेत्रमा प्रकट भएको ऐतिहासिक भूमिलाई विकास गर्दै धार्मिक क्षेत्रको गौरव र गन्तव्य स्थलको रुपमा देश विदेशमा […]
पूरा पढ्नुहोस्ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित
मेचीनगर । ज्याला वृद्धि,लगायत बिभिन्न माग राख्दै झापाका चिया श्रमिकहरुले आन्दोलित भएका छन् । चिया मजदुरहरुले पूर्वीनाका काँकडभिट्टामा प्रदर्शन गरेका हुन् चिया मजदुरका तीन वटा संगठनको अगुवाईमा भएको प्रदर्शनमा सयौं श्रमिक सहभागी भए । उनीहरुले न्यूनतम् पारिश्रमिक वृद्धि गर, पत्ति डबली वृद्धि गर, रोजगार सम्झौता लागू गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर भन्दै चर्का […]
पूरा पढ्नुहोस्झापामा साप्ताहिक पत्रिका सञ्जाल गठन, अध्यक्षमा पाठक सर्वसम्मत
मेचीनगर । झापा जिल्लाभर प्रकाशनमा रहेका साप्ताहिक पत्रिकामा आबद्ध पत्रकारहरूको भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ । मेचीनगर–९ स्थित खुट्टीडाँगी वनको सिमसार क्षेत्रमा सम्पन्न भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् । यसैगरी […]
पूरा पढ्नुहोस्प्राविधिक शिक्षामा फड्को मार्दै मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट
मेचीनगर । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय)। यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल […]
पूरा पढ्नुहोस्युवा नागरिक समाजले बुझायो, मेचीनगरमा ध्यानाकर्षण पत्र
मेचीनगर,१ साउन । स्थानीय निर्वाचन २०७९ पछिको यो १३ महिनाको अवधिमा मेचीनगर नगरपालिकाले आम नागरिकको जीवनमा परिवर्तन आउने खालका कुनै पनि ठोस कार्य गर्न नसकेको युवा नागरिक समाज मेचीनगर कमिटीले बताएको छ । नगरमा भएका समसामयिक समस्या तथा समाधानका उपायका बारेमा जानकारीसहित आज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा समाजले उक्त कुरा बताएको हो । ‘सडक […]
पूरा पढ्नुहोस्होटल व्यवसायी संघ मेचीनगरको आयोजनामा अन्तरकृया
काँकरभिट्टा । होटल व्यवसायी संघ मेचीनगरको आयोजनामा शनिवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईको ढाँचामा आयोजना गरिएको कार्यक्रममा व्यवस्थित काँकरभिट्टा बनाउने विषयमा वृहत् रुपमा छलफल भएको थियो । कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै होटल व्यवसायी संघ अध्यक्ष सुरेश कुमार श्रेष्ठले सुन्दर काँकरभिट्टा बनाउने अभियानमा सबैलाई जोड्न कार्यक्रमको आयोजना गरिएको बताए । अन्तरकृयामा सहभागिहरुले व्यवसायीलाई […]
पूरा पढ्नुहोस्एनएमसीको पदस्थापन तथा सपथग्रहण कार्यक्रम
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को पदस्थापन तथा सपथग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहणसहित पदभार गरेका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, […]
पूरा पढ्नुहोस्