मुख्य खबर

१ नम्बर प्रदेशलाई करोना मुक्त प्रदेश बनाउने तयारीमा प्रदेश सरकार लागेको सामाजिक विकास मन्त्री घिमिरेको भनाई

लक्ष्मी उप्रेती काँकरभिट्टा, ३ असार ÷ १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीदिनमै १ नम्बर प्रदेशलाई कोरोना मुक्त प्रदेश घोषणा गर्ने बताउनुभएको छ । बुधबार मेचीनगरक्षेत्रको क्वारेण्टिन र होल्डिङ सेन्टरको स्थलगत निरीक्षणका क्रममा काँकरभिट्टा आइपुग्नुभएका मन्त्री घिमिरेले स्थानीय पत्रकारहरुसँग कुरा गदैं अन्य प्रदेशको तुलनामा १ नम्बर प्रदेश यसको नियन्त्रण र संक्रमण फैलिन नदिन […]

पूरा पढ्नुहोस्

क्वारेन्टिनमा बसेका एक पुरुषले गरे आत्महत्या

झापा,३ असार ।कोरोनाको त्रासका कारण पछिल्लो समय क्वारेन्टाइनमा समेत आत्महत्याका घटना बढ्न थालेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा […]

पूरा पढ्नुहोस्

विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काउन सर्वोच्चको आदेश

काठमाडौं,२ असार । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश […]

पूरा पढ्नुहोस्

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट

विराटनगर,१ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६।२९ प्रतिशत विनियोजन गरिएको छ । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कोरोना संक्रमितको सख्या ३ पुग्यो

मेचीनगर,१ असार । मेचीनगरमा सोमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टाइनमा रहेका बर्ष २२ का पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना […]

पूरा पढ्नुहोस्

निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने

झापा,३२ जेठ । कोरोना संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया […]

पूरा पढ्नुहोस्

क्वारेन्टिनमा महिलाको सामूहिक बलात्का

धनगढी,३२ जेठ । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् […]

पूरा पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाटसर्वसम्मत पारित

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा निशान छापभित्र समावेश गर्नका लागि प्रतिनिधिसभाले सर्वसम्मत रुपमा संविधान संशोधन विधेयक पारित गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ । भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग […]

पूरा पढ्नुहोस्

सुगौली सन्धि नमाने भारतले टिस्टा र काँगडा छोड्नु पर्छ ःसांसद लिङ्देन

झापा,३१जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्ने बताएका छन्। नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा पेश गरिएको संविधान संशोधन विधेयकमाथि शनिबार भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाड्नुपर्छ’, उनले भने, ‘भारतलाई हामीले बुझाउनुपर्छ, अनि […]

पूरा पढ्नुहोस्

राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्छः उपेन्द्र यादव

काठमाडौं,३१जेठ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा […]

पूरा पढ्नुहोस्